शुक्रबार, वैशाख २६, २०८२

दिलीप कुमार भनेपछि हुरुक्कै हुन्थे हिरोइन

दिलीप कुमारको जन्म सन् १९२२ को डिसेम्बरमा पेसावरमा भएको थियो। हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो। आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए।
 |  शनिबार, साउन ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

vianetvianet

बलिउड अभिन्ता दिलीप कुमारलाई नचिन्ने सायदै कोही होला। भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेता थिए उनी। उनीभन्दा प्रख्यात अभिनेता अरू पनि छन् तर उनीभन्दा कुशल अभिनेता छैनन् भन्छन् भारतीय फिल्म समीक्षकहरु। कतिपयले त उनलाई हलिउड अभिनेता मार्लन ब्रयान्डो वा इटलीका मार्चेल्लो मास्त्रोयान्नीसँग पनि तुलना गरेका छन्।

triton college

उनी आफ्नो समयका सबैभन्दा अब्बल 'ट्रयाजिक' अभिनेता थिए। हास्य विधामा पनि उनी सफल भए। मेला, नयाँ दौर, गंगा जमुना, देवदास र मुगल-ए-आजम जस्ता सफल चलचित्रबाट उनले थुप्रै प्रशंसक कमाए। 

दिलीप कुमारले आफूलाई मन पर्ने अभिनेत्रीहरुसँग काम गर्न पाए। तीमध्ये कामिनी कौशल र मधुबालासँग उनको घनिष्ठ सम्बन्ध थियो। धेरै नायिका दीलिप कुमारको नायिका बन्न चाहन्थे।

अभिनेत्री नूतन युवावस्थामा दिलीपसँग हिरोइन बन्न सकिनन्। दिलीप-नूतनलाई लिएर फिल्म 'शिकवा' को काम सुरु भएको थियो तर त्यो फिल्म अधुरै रह्यो। वर्षौंपछि सन् १९८६ मा सुभाष घईले आफ्नो फिल्म 'कर्मा'मा उनीहरुलाई मध्यम उमेरका श्रीमान्-श्रीमतीको रुपमा कास्ट गरे। उनीहरु सन् १९८९ मा 'कौन अपना-अपना' मा पनि सँगै आएका थिए। दिलीप कुमारले सबैभन्दा धेरै (सात-सात) फिल्म नर्गिस र वैजयन्तिमालासँग गरेका थिए। 

नरगिससँग उनी सन् १९४८ देखि ५१ सम्म अनोखी प्यार, मेला, अंदाज, बाबुल, जोगन, दीदार र हलचलमा देखा परे। उनले वैजयन्तीमालासँग सन् १९५५ देखि १९६८ सम्म गरेका चलचित्र हुन्: देवदास, नया दौर, मधुमती, पैगाम, गंगा-जमुना, नेता र संघर्ष।

National life insurance

उनीहरुपछि ६ जना अभिनेत्री छन् जससँग दिलीपले चार-चार फिल्म गरेका छन्। यी हुन् कामिनी कौशल, मधुबाला, मीना कुमारी, निम्मी, वहिदा रहमान र सायरा बानो। कामिनी कौशलसँग दिलीपको रोमान्सको किस्सा निकै चर्चामा आएको थियो। उनीहरुका चार चलचित्र नदिया के पार, शहीद, शबनम र आरजु रिलिज भएका थिए। 

दिलीप कुमारले १९५७ मा बीआर चोपडाको 'नया दौर' बाट आफ्नो अभिनय यात्राको नयाँ चरण सुरु गरे, जसमा उनको आफ्नै सिटिजन फिल्म्स 'गंगा-जमुना' पनि समावेश थियो। यस अवधिमा वैजयन्तीमाला उनको मुख्य नायिका थिइन्। यसैबीच, वहिदा रहमानसँग उनले सन् १९६६, ६७ र ६८ मा लगातार तीनवटा फिल्म दिल दिया दर्द लिया, राम र श्याम र आदमी फिल्म दिए। राम और श्याम हरेक हिसाबले जीवन्त फिल्म थियो। उनले ८० को दशकमा वहिदासँग चौथो फिल्म 'मशाल' गरेका थिए। यस फिल्ममा दिलीप कुमारले वृद्धको भूमिका निर्वाह गरेका थिए।

दीलिप कुमारको जन्म सन् १९२२ को डिसेम्बरमा पेसावरमा भएको थियो। हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो। आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए।

सायरा बानोले गोपी, बैराग, सगिना र दुनिया जस्ता फिल्ममा काम गरेकी थिइन्। यी मध्ये पहिलो तीन चलचित्र सत्तरीको दशकमा रिलिज भएका थिए भने अन्तिम सन् १९८४ मा आएको थियो। त्यतिबेला यो पनि भनिन्थ्यो कि दिलीप कुमारको नायकको हैसियत कायम राख्न नायिका सायरा बानोले राम्रो भूमिका निर्वाह गरेकी छिन्। फिल्ममा काम  गरेपछि दीलिप कुमारले सायरा बानोसँग बिहे पनि गरे। उनीहरुका सन्तान भने छैनन्। 

नलिनी जयवंत र नूतन मात्र दुई फिल्ममा दिलीपसँग देखा परे। निम्मीजस्तै नलिनी जयवंतलाई हिजोआजका मानिसहरूले विरलै चिन्छन्। हरिणका जस्ता ठूला आँखा भएकी नलिनी अशोक कुमारको मनपर्ने हिरोइनहरूमा गनिन्थिन्। उनले दिलीप-नर्गिसको डेब्यू फिल्म 'अनोखा प्यार'मा दोस्रो नायिकाको भूमिका निर्वाह गरेकी थिइन् भने सन् १९५३ मा रिलिज भएको रमेश सहगलको फिल्म 'शिकास्त'मा उनी पूर्ण नायिका थिइन्।

करिब एक दर्जन अभिनेत्रीले दिलीप कुमारसँग एउटा मात्र फिल्म गरे भने धेरैले अन्य कलाकारसँग दर्जनौं फिल्म गरे। उनका पहिलो तीन चलचित्रका हिरोइनको अनुहार सायद अहिले कसैलाई पनि याद छैन। ती हुन्- ज्वारभाटाकी मृदुला, 'प्रतिमा'की स्वर्णलता र 'मिलन'की मीरा मिश्रा। 'जुग्नु'की नूरजहाँ उच्च दर्जाकी भएकै कारणले चिनिन्थ्यो। 'घर की इज्जत' मा उनीसँग मुमताज शान्तिले काम गरेकी थिइन्। वैजयन्तिमाला बाहेक सुचित्रा सेन पनि उनको साथ 'देवदास' मा थिइन्। दक्षिण भारतबाट उनको फिल्म 'इन्सानियत' यसमा नायिका बिना रोय थिइन्। 'दास्तन' फिल्मकी नायिका शर्मिला टैगोर थिइन्। 

७ जुलाई २०२१ मा ९८ वर्षको उमेरमा दिलीप कुमारको निधन भयो। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। दीलिप कुमारले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो। व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए।

दीलिप कुमारको जन्म सन् १९२२ को डिसेम्बरमा पेसावरमा भएको थियो। हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो। आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए।

-वेब दुनियाँबाट


प्रकाशित: Jul 23, 2022| 10:09 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।