शनिबार, असार ६, २०८३

कमल थापाले गरे विभिन्न समितिमा पदाधिकारी मनोनयन

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा आफैंलाई मनोनयन गरे अध्यक्ष थापाले।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी विधानबमोजिम विभाग तथा समितिका प्रमुख तथा सदस्य सचिव पदमा मनोनयन गरेका छन्।

National life

अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा कमल थापा, सदस्यसचिवमा राजाराम बर्तौला, अनुशासन समितिको प्रमुखमा राजीव पराजुली, सदस्य सचिवमा डम्बरप्रसाद शिवाकोटी, सामाजिक विभागको प्रमुखमा जयकुमार खडका मनोनयनमा परेका छन्।

सदस्यसचिवमा निराकारमानसिंह रेग्मी, अनुसन्धान तथा योजना विभागको प्रमुखमा डा. विष्णु भण्डारी, सदस्यसचिवमा श्रृया केसी, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन विभागको प्रमुखमा राजेन्द्रवीर राय, सदस्य सचिवमा सुशीला गिरी, सूचना तथा प्रविधि विभागको प्रमुखमा लाक्पा तामाङलाई मनोनयन गरेका छन्।

यस्तै, सदस्यसचिवमा कुमार गजुरेल, सचिवालयको प्रमुखमा भाष्कर भद्रा, सदस्यसचिवमा आनन्द रिसाल, प्रशिक्षण विभाग प्रमुखमा सुशील श्रेष्ठ, सदस्य सचिवमा उज्वल पोखरेल, कार्यक्रम तथा व्यवस्थापन विभागको प्रमुखमा इन्द्र चित्रकार, संगठन विभागको प्रमुखमा राजराम बर्तौला, सदस्यसचिवमा रामसुन्दर विष्ट, आर्थिक विभागको प्रमुखमा ज्ञानेन्द्र कार्की, प्रचार–प्रसार विभाग प्रमुखमा सुरेश आचार्य, सदस्यसचिवमा शशि भण्डारी, शिक्षा विभागको प्रमुखमा वसन्तमान सिंह अधिकारी मनोनयन भएको राप्रपा नेपालले बताएको छ।

यसैगरी सदस्य सचिवमा लक्ष्मीकुमारी सत्याल (पौडेल), धर्म संस्कृति समन्वय विभाग प्रमुखमा विक्रम बम, सदस्यसचिवमा सुजन पराजुली, आदिवासी जनजाति विभाग प्रमुखमा तेजकुमार कुरुम्बाङ, सदस्यसचिवमा मुमाराज राई, मानव अधिकार तथा कानुन विभाग प्रमुखमा प्रा.नरप्रसाद थापा, सदस्यसचिवमा भूपेन्द्र पोखरेल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा हिक्मतजंग भण्डारी मनोनयन भएका छन्।

Shivam cement

यस्तै, महिला विभाग प्रमुखमा ममता राई, प्रवास विभाग प्रमुखमा धरमकुमार गुरुङ, सदस्यसचिवमा मनोज जयसवाल, स्वास्थ्य, जनसंख्या तथा लैंगिक विषय विभाग प्रमुखमा प्रतिष्ठा रायमाझी, सदस्य सचिवमा जनकबहादुर फडेरा, मुस्लिम विभाग प्रमुखमा खालिद इराकी, सदस्यसचिवमा सकिल मोहम्मद, जनसम्पर्क विभागको प्रमुखमा कुमार श्रेष्ठ, सदस्य सचिवमा गृष्म मल्ल, सहकारी संस्था समन्वय विभाग प्रमुखमा राजकुमार खड्का, सदस्यसचिवमा राजु श्रेष्ठलाई अध्यक्ष थापाले मनोनयन गरेका छन्।

गैरसरकारी संस्था समन्वय विभाग प्रमुखमा महेश्वर रोक्का, खेलकुद विभाग प्रमुखमा अभिषेक थापा, उद्योग वाणिज्य क्षेत्र समन्वय समिति प्रमुखमा हरिकृष्ण श्रेष्ठ, पर्यटन क्षेत्र समन्वय विभाग प्रमुखमा गोविन्दसिंह डंगोल र योग शिक्षा विभागको प्रमुखमा प्रमिला उप्रेती मनोनयन भएका छन्।

प्रकाशित: Jul 18, 2022| 16:58 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...