शनिबार, मंसिर ६, २०८२

सुखद् रहेन नेपाली क्रिकेटरको स्कटल्यान्ड भ्रमण

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा भएको त्रिकोणात्मक शृंखलाको सिरिजमा चार खेल खेलेको नेपाल एक खेल मात्रै जित्न सफल भयो। पहिलो खेलदेखि नै कमजोर देखिएको नेपालको ब्याटिङ अन्तिमसम्म नसुध्रिँदा पराजयले पछ्याइरह्यो।
 |  मंगलबार, साउन ३, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, साउन ३, २०७९

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा भएको त्रिकोणात्मक शृंखला सकिएको छ। सिरिजमा चार खेल खेलेको नेपाल एक खेल मात्रै जित्न सफल भयो। सोही कारण नेपालका निम्ति स्कटल्यान्ड भ्रमण सुखद् हुन सकेन।

National life

चार मध्ये जसरी पनि तीन खेल जित्ने बताएका कप्तान सन्दीप लामिछानेको लक्ष्य पनि पूरा हुन सकेन। सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध जित निकाल्दै सुखद अन्त्य गर्ने नेपालको अर्को सपना पनि अधुरै रह्यो। घरेलु टोलीविरुद्ध खेलेको पहिलो खेलमा ऐतिहासिक जित निकाल्दै उच्च मनोबल बनाएको नेपालले त्यसलाई निरन्तरता दिन भने सकेन। अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३५।५ ओभरमा १२८ रनमै अलआउट भयो। नेपाली ब्याटिङ चल्न नसक्दा नेपालले घरेलु टोलीविरुद्ध धेरै रनको लक्ष्य दिन सकेन।

जवाफी ब्याटिङ गरेको स्कटल्यान्डले १९ ओभरमा मात्र दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो र नेपाल आठ विकेटले पराजित हुन पुग्यो। त्यस्तै, नामिबियाविरुद्ध नेपालले दुवै खेल गुमाउन पुग्यो। अंक तालिकामा एक स्थान तल रहेको टोली नामिबियाविरुद्ध दुवै खेलमा पराजित भएपछि नेपाल तालिकामा नामिबियाभन्दा तल झरेको छ। पाँचौं स्थानमा रहेको नेपाल छैटौं स्थानमा झर्यो भने नामिबिया पाँचौं स्थानमा उक्लिएको छ।

त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो खेलमा नामिबियासँग ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भयो। त्यस्तै, घरेलु टोली स्कटल्यान्डविरुद्धको पहिलो खेलमा पाँच विकेटले विजयी भए पनि दोस्रो खेलमा आठ विकेटले पराजित भयो।

नचलेको नेपाली ब्याटिङ

Laxmi sunrise bank
kumari

ओपनर आसिफ शेखबाहेक अन्य ब्याट्सम्यानले सिरिजमा खासै राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर शेखले सिरिजमा एक अर्धशतकसहित चार खेलमा सर्वाधिक १५९ रन बनाए। आरिफ शेख पहिलो खेलमा शानदार प्रदर्शन गर्दै अर्धशतक बनाएका थिए। तर त्यसपछिका खेलमा उनले राम्रो प्रदर्शन गर्न सकेनन्। कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रिसिंह ऐरी, देव खनालजस्ता टिमका महत्त्वपूर्ण खेलाडीले आशलाग्दो ब्याटिङ गर्न सकेनन्। नेपालले खेलेका चार खेलमध्ये कुनै पनि खेलमा २०० रनको आँकडा पूरा गर्न सकेन। नेपालले पहिलो खेलमा १८० रन, दोस्रो खेलमा १४५ रन, तेस्रो खेलमा १३६ रन र अन्तिम खेलमा १२८ रन बनाएको थियो।

ओडीआई क्रिकेटमा यो रनलाई सामान्य मान्ने गरिन्छ। पहिलो खेलदेखि नै कमजोर देखिएको नेपाली ब्याटिङ अन्तिमसम्म पनि त्यस्तै रह्यो। कुनै पनि ब्याट्सम्यानले आफ्नो विकेट बचाएर खेल्न सकेनन्। ओपनर आसिफ शेख केही सम्हालिएर खेले पनि अर्का ओपनल कुशल भुर्तेलले आशलाग्दो प्रदर्शन गर्न सकेनन्।

मुख्य खेलाडीले धेरै रन बनाउन नसकेपछि नेपालले विपक्षी टोलीविरुद्ध उच्च रनको योगफल प्रस्तुत गर्न सकेन। सिरिजमा नेपालले सम्झनलायक ब्याटिङ गर्न सकेन। सोही कारण नेपालले तीन खेलमा पराजय बेहोर्न पुग्यो।

बलिङमा बलियो नेपाल

सिरिजमा नेपालको राम्रो तथा मजबुत पक्ष भनेकै बलिङ मात्र रह्यो। ब्याटिङको तुलनामा हेर्ने हो भने नेपाली बलिङ धेरै सन्तोषजनक रह्यो। सिरिजका सबै खेलमा नेपालले शानदार बलिङ गर्यो। कप्तान सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी तथा आदिल अन्सारीले नेपालका लागि उच्च प्रदर्शन गरे। बलिङ राम्रो गरे पनि नेपाली टोली खराब ब्याटिङकै कारण पराजित भयो। ओडीआईमा पछिल्ला खेलको नतिजा हेर्ने हो भने नेपालले जितेको अधिकांश खेलमा बलिङ नै हाबी छ। कम लक्ष्य पाउँदा पनि ब्याटिङ नचल्दा जित्न सक्ने धेरै खेल हातबाट फुस्किएको छ। विगतका खेललाई आधार बनाएर हेर्ने हो भने नेपालको अधिकांश जीतको श्रेय पनि बलिङलाई नै जान्छ। सिरिजका चारै खेलमा नेपाली बलर हाबी भएका थिए।

लिग–२ मा नेपालले अब १६ खेल खेल्न बाँकी रहेको छ। नेपालले आफ्नो एकदिवसीय मान्यता जोगाउन मात्रै भए पनि शीर्ष पाँचमा रहनैपर्छ। त्यसैले अब नेपालले बाँकी खेलमा राम्रो प्रदर्शन गर्न आवश्यक छ। नेपालले अब नामिबिया र स्कटल्यान्डविरुद्ध दुई सिरिज खेल्न बाँकी छ। त्यस्तै, नेपालले युएई र पपुवान्युगिनीसँग पनि दुई सिरिज खेल्न बाँकी छ। नेपालले अब खेल्ने चारमध्ये दुई शृंखला नेपालमै हुनेछ।

ग्लोबल छनोटमा सहजै पुग्ने हो भने नेपालले लिग–२ को शीर्ष तीनमा रहनुपर्नेछ। यसका लागि नेपालले बाँकी खेलमा राम्रो प्रदर्शन गर्न आवश्यक छ। जिम्बावेमा सन् २०२३ मा ग्लोबल छनोट हुने मिति तय भएको छ। ग्लोबल छनोटमा १० टिमले सहभागिता जनाउनेछन् र शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछ।

सन् २०२३ मा भारतमा एकदिवसीय विश्व कप हुनेछ। 

अंक तालिका

ओमान ३६ खेलमा २१ जित र १३ हारका साथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ। स्कटल्यान्ड २४ खेलमा १६ जित र ६ हारका साथ ३४ अंक जोड्दै दोस्रो स्थानमा छ। युएई २२ खेलमा १२ जित र ८ हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ। अमेरिका २४ खेलमा ११ जित र १२ हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ। नामिबिया १८ खेलमा ९ जित र ९ हारसहित १८ अंकका साथ पाँचौं स्थानमा छ। नेपाल २० खेलमा ८ जित र ११ हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ। पपुवान्युगिनी २० खेलमा १ जित र १९ हारका साथ पुछारमा छ।

प्रकाशित: Jul 19, 2022| 10:50 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।