सोमबार, साउन २५, २०८३

वडाध्यक्षलाई पोखरीमा खसालिएकोबारे सदनमा गृहमन्त्रीको जवाफ माग

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रहरीबीच भएको धकेलाधकेलको विषयमा गृहमन्त्रीको जवाफ माग गरेका छन्।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रहरीबीच भएको धकेलाधकेलको विषयमा गृहमन्त्रीको जवाफ माग गरेका छन्। सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाएका हुन्।

गृहमन्त्री बालकृष्ण खाँडका भाइ मेयर भएको सो नगरपालिकामा प्रहरी लगाएर ज्यादती गराइएको उनको आरोप छ। वडा अध्यक्षलाई पोखरीमा चोबल्ने डिएसपीलाई कारबाही गर्न उनको माग छ। जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उनले बताए। 

‘तिलोत्तमा नगरपालिकामा हिजो जुन घटना घट्यो, त्यहाँ भित्रको अरु विषयवस्तुमा म जान्नँ। तर आज देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो देशमा। म नामै लिन चाहन्छु, डिएसपी ठगबहादुर केसीले त्यहाँको वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्र्याएर पोखरीमा चोबलेको छ। यही हो लोकतन्त्र? यसले लोकतन्त्रलाई स्थापित गर्छ ? यसले गणतन्त्रलाई स्थापित गर्छ यस्तै व्यवहारले? पुलिस लगाएर शासन गर्ने कोशिस भइरहेको छ,' सांसद भट्टराईले भने, 'गृहमन्त्रीको भाई त्यहाँ मेयर हुनुहुन्छ। गृहमन्त्रीज्यूको अन्डरमा पुलिस छ। अनि पुलिस लगाएर शासनको दम्भ देखाउने? अहिलेको गठबन्धनको यो दिग्विजय हो ? गृहमन्त्रीज्यूले त्यहाँको डिटेल रिपोर्ट यो सदनमा पेस गर्नुपर्छ।' 

उनले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिको राजीनामा माग गरे। 

सांसद भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गठबन्धन जोगाउन पदको बाँडफाँड गरेको सन्देश बाहिर गएकाले यसबारे प्रष्ट पार्नुपर्नेसमेत उल्लेख गरे। भारत भ्रमणको क्रममा राष्ट्रपति र प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गरिएको कुरा सामाजिक सञ्जालमा आएको भन्दै त्यसबारे प्रष्ट पार्न आग्रह गरे। 

नागरिकतासम्बन्धी विधेयक चाँडो पारित गरेर नागरिकताविहीनलाई नागरिकता दिलाउनुपर्ने उनको धारणा छ। 


प्रकाशित: Jul 18, 2022| 15:14 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...