शनिबार, असार ६, २०८३

प्रदेश १ को नाम जुराउन सर्वपक्षीय बैठक आह्वान

जातीय नाम राख्ने कि भौगोलिक नाम राख्ने भन्ने विवादमा दलहरूबीच कुरो नमिल्दा प्रदेश १ ले अहिलेसम्म नाम जुराउन नसकेको हो।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

विराटनगर– संघीयतापछि कायम गरिएका ७ प्रदेशमध्ये प्रदेश १ ले अहिलेसम्म आफ्नो न्वारान गर्न सकेको छैन। जातीय नाम राख्ने कि भौगोलिक नाम राख्ने भन्ने विवादमा दलहरूबीच कुरो नमिल्दा प्रदेश १ ले अहिलेसम्म नाम जुराउन नसकेको हो।

National life

प्रदेशको नामकरणबारे छलफल गर्न प्रदेश १ का सभामुख प्रदीप भण्डारीले सोमबार आउँदो असार ६ को मिति तोकेरै सर्वदलीय बैठक बोलाएका छन्। भण्डारीले प्रदेशसभाका संसदीय दललाई पत्राचार गरी साउन ६ मा सर्वदलीय बैठक राखिएको बताए। 

यही अधिवेशनबाट प्रदेश १ को नामकरण गर्ने प्रतिबद्धता जनाएका दलहरूले साझा नाम अझै टुंगो लगाउन सकेका छैनन्। कांग्रेसले प्रदेश १ को नाम सप्तकोसी राख्न छलफल चलाएको छ भने एमालेले कोसी राख्न प्रस्ताव राखेको छ। माओवादीले पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने बताउँदै आएको छ। 

नामबारे साझा धारणा आउन नसकेपछि सभामुखले सर्वपक्षीय छलफल डाकेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। राजनीतिक दलहरूले आ–आफ्नो अडान नछाडेका कारण प्रदेश १ को नामकरण अहिलेसम्म टुंंगो लाग्न सकेको छैन। सहमति नभए संसदीय प्रक्रियामै लगेर भए पनि नामबारे छलफल गराउने तयारीमा रहेको पराजुलीले बताए।

प्रकाशित: Jul 18, 2022| 14:38 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...