शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डप्रति लक्षित गर्दै भीम रावलले भने- भाकपाको अवसानबाट नेपाली नेताले सिक्ने कि?

प्रचण्डप्रति लक्षित गर्दै भीम रावलले भने- भाकपाको अवसानबाट नेपाली नेताले सिक्ने कि?

नेकपा एमालेका नेता भीम रावलले हालै भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणलाई लक्षीत गर्दै टिप्पणी गरेका छन्।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले हालै भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणलाई लक्षित गर्दै टिप्पणी गरेका छन्।

National life

भारत भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका प्रचण्ड आइतबार साँझ स्वेदश फिर्ता भएका थिए। स्वदेश फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले भारतमा प्रशस्त मान सम्मान पाएको बताएका थिए।

एमाले नेता रावलले सोमबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् देशले के उपलब्धि पायो भनी मूल्यांक नगरी मान, सेवा, सुविधा दिइयो भन्ने स्वयंको प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र भएको टिप्पणी गरेका छन्।

उननले देशको कूटनीति झुकनीतिको आशे र दासे प्रवृत्तिबाट मुक्त  हुनुपर्ने बताएका छन्। भारतीय कांग्रेसको पछि लाग्दा भारतीय कम्युनिस्ट पार्टीको अवसान भएको उनले ट्वीटरमा उल्लेख गरेका छन्। उनले त्यसबाट नेपाली कम्युनिस्ट नेताले पनि केही सिक्नुपर्ने बताएका छन्।

'झुकनीतिको आशे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्छ। देशले के उपलब्धि पायो भनी मूल्यांकन नगरी कति मान, सेवा, सुविधा दिइयो भन्ने स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र। भारतीय कांग्रेसको पछि लाग्दा भारतीय कपाको अवसानबाट नेपाली कम्युनिष्ट नेताले सिक्ने कि?,' उनले लेखेका छन्।

Shivam cement

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड नयाँ दिल्ली पुगेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने प्रचण्डको योजना रहे पनि उनले भेट्न पाएनन्।

प्रकाशित: Jul 18, 2022| 07:53 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...