बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • साउदी अरबले प्रतिदिन अधिकतम क्षमतामा इन्धन उत्पादन गर्ने

साउदी अरबले प्रतिदिन अधिकतम क्षमतामा इन्धन उत्पादन गर्ने

साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ। शनिबार राज्यले तेल उत्पादन लाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको हो।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

रियाद- साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ। शनिबार राज्यले तेल उत्पादन लाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको हो।

साउदी अरबमा इन्धन उत्पादन थप बढाउने क्षमता नहुने पनि उनले बताए। उनको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेन र खाडी सहयोग परिषद्का अन्य सदस्य राष्ट्रहरू, इजिप्ट, जोर्डन र इराकका नेताहरूसँग जेद्दामा भएको शिखर सम्मेलनको क्रममा शनिबार भएको हो।

राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डोर्‍याउने बताए। यसले गम्भीर चुनौतीहरूको समयमा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने एकीकृत प्रयासलाई आग्रह गर्दछ। उक्त अवसरमा उनले विश्वव्यापी आर्थिक पुनःस्थापना र खाद्य तथा स्वास्थ्य सुरक्षा प्राप्त गर्न कोभिड–१९ र भौगोलिक स्थितिका चुनौतीहरूको सामना गर्न अन्तरराष्ट्रिय प्रयासको लागि आह्वान पनि गरे।

सन् २०२१ को प्रारम्भमा पदभार ग्रहण गरेदेखि आफ्नो पहिलो मध्य पूर्व भ्रमणको अन्तिम दिनमा बाइडेन शिखर सम्मेलन उपस्थित भएका हुन्।

प्रकाशित: Jul 18, 2022| 05:00 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।