सोमबार, फागुन १८, २०८२

स्कटल्यान्ड सामु टिकेन नेपाल, ८ विकेटले पराजित

आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पराजित भएको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पराजित भएको छ। ताइतवड क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय २९ रनको लक्ष्य स्कटल्यान्डले १९ ओभरमा नै २ विकेट गुमाएर पूरा गरेको थियो। स्कटल्यान्डका कलुम म्याकलेओडले ६४ रनको योगदान गर्दा केली कोएट्जरले अविजित ४४ रन र क्रिस्टोफरले १० रन बटुले। नेपालका सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए। विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०-१० रन बनाएका थिए।

स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिएका थिए। गाभिन मेनले २ विकेट लिए। हारसँगै नेपालले सिरिजको ४ खेलमा मात्र एक मात्र जित निकाल्न सफल भएको छ। 

लिग-२ को अंकतालिकामा नेपाल छैटौं स्थानमा छ। 

kumari

प्रकाशित: Jul 17, 2022| 20:57 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।