आइतबार, असार ७, २०८३

मोदीसँगको भेट किन 'क्यान्सिल' भयो थाहा छैन : प्रचण्ड

'मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन,' उनले भने, 'यद्यपि मेरो भ्रमणले केही न केही सकारात्मक परिणाम दुई देशको सम्बन्धमा ल्याउँछ। तत्काल देखिएका केही समस्याहरु पनि समाधानमा आउनेछ। यस भ्रमणले केही प्रगति हुन्छ भन्ने विश्वासका साथ आएको छु।’
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने कार्यक्रम रद्दका विषयमा आफूलाई थाहा नभएको बताएका छन्। तीनदिने भारत भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन्। 

National life

'मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन,' उनले भने, 'यद्यपि मेरो भ्रमणले केही न केही सकारात्मक परिणाम दुई देशको सम्बन्धमा ल्याउँछ। तत्काल देखिएका केही समस्याहरु पनि समाधानमा आउनेछ। यस भ्रमणले केही प्रगति हुन्छ भन्ने विश्वासका साथ आएको छु।’

मोदीको कार्य व्यस्तता एवं आफूसँग गर्नुपर्ने कुरा पार्टी अध्यक्ष नड्डासँग भइसकेको कारण पनि भेट नभएको हुनसक्ने उनको अनुमान छ। 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमण अपेक्षानुसार सफल भएको बताए। पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको उनको भनाइ थियो।

अध्यक्ष दाहालले भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीहरुसँग भेट भएको जानकारी दिए। भारतका विदेशमन्त्री एस जयशंकर, भारतका विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका पदाधिकारीसँग भेट भएको उनको भनाइ छ। 

Shivam cement

'न्यानो स्वागत भयो। नेपालीहरुमा पनि धेरै चासो र उत्सुकता देखियो। पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा अहिले फरक लागेन। त्यस्तै सुरक्षा दिनुभयो,' उनले भने, 'विनयमोहन क्वात्रासँग फलदायी छलफल भयो। भेटमा नेपाल र भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल भएको छ।'

अध्यक्ष दाहालले अहिलेको प्रमुख समस्या पेट्रोलको रहेकोले भारतमा रुसबाट आउने कच्चा तेल नेपाललाई सहुलयितमा दिने बारेमा पनि चर्चा भएको बताए। भारत भ्रमणपछि अब नेपाललाई विभिन्न खाले सहयोग र अहिलेका समस्या समाधान हुने कुरामा विश्वस्त रहेको उनको भनाइ छ।  

भारतमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली काँग्रेस नेतृ आरजु राणासँगको भेट स्वास्थ्य उपचारको कामना गर्न दूतावासमा भएको अध्यक्ष दाहालले बताए। 

अध्यक्ष दाहाललाई स्वागत गर्न विमानस्थलमा ऊर्जा, जलश्रोत तथा, सिंचाईमन्त्री पम्फा भुसाल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, जनार्दन शर्मालगायतका नेता पुगेका थिए।

प्रकाशित: Jul 17, 2022| 19:54 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...