सोमबार, साउन २५, २०८३

प्रचण्डले भने - भारत भ्रमण सोचेभन्दा सफल र राम्रो भयो

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भएको तीन दिने भ्रमण सकेर आइतबार काठमाडौं ओर्लिएका प्रचण्डले आफ्नो भ्रमण सफल भएको बताएका हुन्।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- तीन दिने भारत भ्रमण सकेर फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सोचेभन्दा सफल र राम्रो भएको बताएका छन्। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भएको तीन दिने भ्रमण सकेर आइतबार काठमाडौं ओर्लिएका प्रचण्डले आफ्नो भ्रमण सफल भएको बताएका हुन्। 

उनले भने, 'मैले भ्रमणमा जाँदा नेपालको हितलाई केन्द्रमा काम गर्नेछु भनेको थिएँ। दिल्लीमा नेता र पत्रकारहरुसँग भेट हुन्छ भनेको थिएँ। भ्रमण अपेक्षाअनुसार सफल भएको छ।  मेरो भ्रमण सोचेभन्दा पनि सफल र राम्रो भएको छ।'

उनले भारतीयबाट पाएको सम्मान र सुरक्षा व्यवस्थाबाट आफू खुसी भएको पनि बताए। 'मलाई गरिएको जुन सम्मान र सुरक्षा व्यवस्थाबाट म खुसी भएँ', उनले भने, 'यहाँबाट गएकै दिन मेरो विदेश सचिवसँग भेट भएको थियो। उहाँसँग डिनरसहित छलफल गरेँ।'

अध्यक्ष प्रचण्डले भारतमा रहँदा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री एस जयशंकर, भाजपाका अध्यक्ष जेपी नड्डालगायतका नेताहरुसँग भेट गरेका थिए। उक्त भेटमा अध्यक्ष प्रचण्डले पार्टीगत सम्बन्धलाई सुदृढ बनाउने बताएका हुन्। 



प्रकाशित: Jul 17, 2022| 19:15 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...