आइतबार, असार ७, २०८३

राष्ट्रपति निवासमा उपसभामुखले लिइन् सपथ

प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन्।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं– प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

National life

आइतबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। 

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरुपनि सहभागी थिए। भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी हुन्।

सपथपछि उपसभामुख भुसालले पदभार ग्रहण पनि गरेकी छन्। पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले सदनलाई  प्रभावकारी ढंगले अघि बढाउन आफू कटिबद्ध भएर लाग्ने बताइन्।

उनले भनिन्, ‘संविधान कार्यान्वयनमा इमान्दारितापूर्वक काम कारवाही गर्छु। सदनलाई प्रभावकारी ढंगले अघि बढाउँछु। जिम्मेवारी बहन भएको महशुस गरेको छु। तीनचार महिना जति समय छ कटिबद्ध भएर सदनलाई प्रभावकारी बनाउन भूमिका खेल्छु।’

Shivam cement


प्रकाशित: Jul 17, 2022| 17:08 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...