आइतबार, असार ७, २०८३

मोदीसँग भेट नगरी स्वदेश फर्किंदै प्रचण्ड

भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कने भएका छन्।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९
National life
Shivam cement

काठमाडौं– भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कने भएका छन्। उनले मोदीसँग पनि भेट्ने बताइएको थियो। तर भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेपछि प्रचण्ड स्वदेश फर्कन लागेका छन्।

नड्डासँगको भेटमा अध्यक्ष दाहालले भारतीय जनता पार्टी र मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन्। भ्रमणमा सँगै रहेका दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार अध्यक्ष दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नै भारत भ्रमणमा गएका हुन्। आफ्नो भ्रमण फलदायी भएको प्रचण्डले बताएका छन्। उनी गत शुक्रबार नयाँ दिल्ली गएका थिए।


प्रकाशित: Jul 17, 2022| 15:42 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...