सोमबार, फागुन १८, २०८२

स्कटल्यान्डसँग टस हारेर ब्याटिङ गर्दै नेपाल

नेपाल–स्कटल्यान्ड सिरिजअन्तर्गत आजको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं– नेपाल–स्कटल्यान्ड-नामिबिया सिरिजअन्तर्गत आजको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। यसअघि भएको पहिलो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध ऐतिहासिक जित निकालेको थियो। 

आजको खेलका लागि नेपाली टिममा तीन परिवर्तन गरिएको छ। करण केसी टिममा फर्किएका छन्। हिजो भएको खेलमा उनको स्थानमा पवन सर्राफले खेलेका थिए। 

यस्तै बासिर अहमदको स्थानमा तीव्र गतिका बलर किशोर महतोले मौका पाएका छ्न्। जससँगै उनले एकदिवसीय खेलमा डेब्यू गर्ने भएका छन्। यस्तै अलराउन्डर आदिल अन्सारीको स्थामा विनोद भण्डारीले खेल्ने भएका छन्। 

आजको खेल जित्दै सिरिजको सुखद् अन्त्य गर्ने लक्ष्यमा नेपाल छ। आजको खेलमा जित निकाल्न सके नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिने छ। हिजो नामिवियासँग पराजित भएपछि नेपाल छैटौं स्थानमा झरेको छ।

नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित सिरिजमा स्कटल्यान्ड र नामिबियाले समान २ जित निकाल्दै नेपालले १ खेल मात्र जितेको छ।

kumari


प्रकाशित: Jul 17, 2022| 15:33 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।