काठमाडौं- लघुकथा समाज दश वर्ष पुगेको उपलक्ष्यमा राजधानीमा एक कार्यक्रमबीच लघुकथा वाचन र अर्न्तकृया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई लघुकथा समाजका सचिव तुलसीहरि कोइरालाले लघुकथा समाजको स्थापनामा किशोर पहाडी धुब्र मधुकर्मी, डा रविन्द्र समीर दिवंगत गोरख ब सिंहलगायतको योगदानको स्मरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए।
मञ्चमा सभापति लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्रमुख अतिथि श्रष्टा र द्रष्टा मोहनराज शर्मा अतिथिहरू माया ठकुरी र भागिरथी श्रेष्ठको पनि उपस्थिति रहेको थियो।
लघुकथा समाजको स्थापना समयलाई प्रत्येक साल लघुकथा दिवसका रूपमा मनाउँदै आइएको थियो। काठमाडौं बाहिरसमेत मनाइँदै आएको र उपत्यकामा आज पहिलो दिन भएको जानकारी गराइएको थियो।
त्यसैगरी मन्तव्यको क्रममा मोहनराज शर्माले २०५५ सालमा श्रीओम श्रेष्ठले लघुकथा प्रतियोगिता गराएको र त्यसमा आफूलाई निर्णायकमा राखिएको, सोको पुस्तक सम्पादनमा आफूलाई संलग्न गराइएको स्मरण गर्दै लघुकथाका बारे विस्तृत चर्चा गरे।
कार्यक्रममा लघुकथा समाजका तर्फबाट समाजका उपाध्यक्ष रहेका धुब्र मधुकर्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। यसपछि लघुकथा वाचनको चलेको थियो।
लघुकथावाचन गर्नेहरू मन्दिरा मधुश्री, देवा अधिकारी, दिव्य गिरी, विमल भौकाजी, गङ्गा सुवेदी, राधा कार्की नारायण तिवारी, मोहन कायस्थ, किशोर पहाडी, भागिरथी श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, अशेष मल्ल, माया ठकुरीले बाचन गरेका थिए।
लघुकथामा शब्द सीमाबारे समेत चर्चा गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४