शुक्रबार, वैशाख २६, २०८२

बीजेपी अध्यक्षलाई भेटे प्रचण्डले, आजै स्वदेश फर्किंदै

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्। नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा आइतबार बिहान प्रचण्ड र नड्डाबीच कुराकानी भएको हो।
 |  आइतबार, साउन १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं– भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्। नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा आइतबार बिहान प्रचण्ड र नड्डाबीच कुराकानी भएको हो।

स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डलाई सत्तारुढ दल भारतीय जनता पार्टीले मुख्यालयमा स्वागत गरेको थियो। नड्डासँगको भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर समेत सहभागी थिए। त्यसक्रममा अध्यक्ष नड्डाले ‘नो बीजेपी अर्थात भाजपालाई जान्नुस्’ अभियानबारे ब्रिफिङ गरेके  बताइएको छ।

शुक्रबार नयाँ दिल्ली पुगेका प्रचण्डले शनिबार विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाललगायत उच्चस्तरीय भेटघाट गरेका थिए। बीजेपी अध्यक्ष नड्डाकै निमन्त्रणमा प्रचण्ड नयाँदिल्ली पुगेका हुन्। उनी आज स्वदेश फर्कने कार्यक्रम छ। 

प्रकाशित: Jul 17, 2022| 13:23 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...