सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस पदाधिकारी बैठकले आज केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्ने

कांग्रेस पदाधिकारी बैठकले आज केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। आइतबार दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालय पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। आइतबार दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालय पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा शनिबार नेताहरूले बोल्नेक्रम सकिएको छ। पदाधिकारी बसेर आज बैठकका निर्णयको मस्यौदा तयार पार्न थालेका छन्। उनीहरूले मस्यौदा तयार पारिसकेपछि आजै पदाधिकारी बैठकबाट केन्द्रीय समितिका निर्णय सार्वजनिक हुने भएका छन्।

बैठकमा सभापति शेरबहादुर देउवाको सहभागिता भने नरहने बताइएको छ। बैठकमा संकट उन्मुख अर्थतन्त्रका विषयमा पार्टीले सरकारलाई सुझाव दिने र आगामी निर्वाचनमा पनि गठबन्धनको निरन्तरता रहने सन्देश दिने बताइएको छ।

कांग्रेसले नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता तयारी छ। पौडेलका अनुसार विभाग तथा समिति गठन, भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन तथा पूर्णता दिने र पार्टीको मर्यादा क्रमका विषयमा छलफल हुनेछ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २ गते पुनः बस्ने भएको छ। शनिबार नै बैठक सक्ने तयारी गरिएको भएपनि निर्णय गर्न बाँकी रहेपछि साउन २ का  लागि बैठक सारिएको हो। 

कांग्रेस बैठकमा सभापतिको कार्यशैलीमाथि केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका थिए। यस्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पार्टीभित्र प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै चर्को आलोचना भएको थियो।

प्रकाशित: Jul 17, 2022| 12:53 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...