शुक्रबार, मंसिर २२, २०८०

साउन २ गते फेरि बस्ने गरी सकियो कांग्रेस बैठक

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २ गते पुनः बस्ने भएको छ। शनिबार नै बैठक सक्ने तयारी गरिएको भएपनि निर्णय गर्न बाँकी रहेपछि साउन २ का लागि बैठक सारिएको हो।
 |  शनिबार, असार ३२, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २ गते पुनः बस्ने भएको छ। शनिबार नै बैठक सक्ने तयारी गरिएको भएपनि निर्णय गर्न बाँकी रहेपछि साउन २ का  लागि बैठक सारिएको हो। 

sagarmatha cement

असार २७ गतेदेखि शुरु भएको बैठकमा शनिबार केन्द्रीय पदाधिकारीहरुहरूले धारणा राखेका थिए। 

आज बोल्ने पालो पाउनेमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु- फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार छन्। यस्तै, केन्द्रीय  प्रवक्ता डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, सीता गुरुङ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले धारणा राखेका थिए। 

साउन २ गते सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक पुनः बोलाइएको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

प्रकाशित: Jul 16, 2022| 20:39 शनिबार, असार ३२, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्