सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बैठकमा देउवाले भने- पार्टी बलियो बनाएर म 'रिटायर्ड' हुने हो

कांग्रेस बैठकमा देउवाले भने- पार्टी बलियो बनाएर म 'रिटायर्ड' हुने हो

'म पार्टी बलियो बनाएर छाड्न चाहन्छु। पार्टी बलियो बनाएर म रिटायर्ड हुने हो,' देउवाले केन्द्रीय समिति बैठकमा भने।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाएर छाड्न चाहेको बताएका छन्। शनिबार पार्टी कार्यालयमा भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन्।

'म पार्टी बलियो बनाएर छाड्न चाहन्छु। पार्टी बलियो बनाएर म रिटायर्ड हुने हो,' देउवाले केन्द्रीय समिति बैठकमा भने। 

कुनै बेला आफूलाई पार्टीको सदस्यबाट निकालेकाले मात्र आफूले अर्को दल गठन गरेको उनको भनाइ थियो। उनले शेखर कोइराला समूहलाई पनि साथमै लिएर जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। 

'मलाई कुनै बेला पार्टीबाट साधारण सदस्यबाट निकालेको हो। त्यसकारण अप्रिय कदम चाल्न परो। अहिले त्यो अवस्था छैन। मेरो चाहना कांग्रेसलाई पहिलो र प्रिय बनाएर छाड्ने हो। म शेखरलाई पनि साथी लिएर जान्छु।'

गठबन्धन कायम राखेर चुनावमा जानुपर्ने उनको धारणा छ। 'प्रचण्डलाई गिरिजाबाबुले भारतबाट ल्याउनु भएको हो छोड्ने बेला भएको छैन,' उनले भने, 'माधव नेपाल पार्टी छोडेर आएका हुन्, उनलाई छोड्ने कुरा छैन।'

कांग्रेस एक्लै चुनावमा गए पनि जित्न गाह्रो भएको उनको भनाइ थियो। 'हामी एक्लै जित्दैनौँ, त्यसैले गठबन्धन गरौँ,' आफू पार्टीमा जस्तोसुकै छलफल गर्न पनि तयार भएको समेत बताउँदै भने, 'मैले कसैलाई नभेट्ने भनेको छैन, शेखर आउनुस् म भेट्छु, छलफल गर्छु। मैले कहिल्यै पार्टी प्यालेसमा किन भेला गरेको भनेर सोधेको छैन? अबदेखि चाहिँ यहीँ गर्नुस् भनेको हुँ।'

पार्टीका भातृसंस्थामा नेतृत्व चयन गर्ने विषयमा आफूले छलफलका लागि महामन्त्री खोज्दा फोन नै नउठाएको उनको भनाइ छ। तर आफूलाई बैठकमा खेदिएको उनको धारणा थियो। 'तरूण दल र नेविसंघ गठन गर्दा सोधेको हुँ। फोन चाहिँ उठाउनुस्। फोन उठ्दैन। फोन गरेर खोज्दा एउटा महामन्त्री कहाँ छु भन्छ, अर्को कहाँ? महामन्त्री खोजे भेटिँदैन। यहाँ रूघ्ने म मात्र भएँ। मलाई अहिले नदेखेद्नुस्।' 

प्रकाशित: Jul 16, 2022| 20:19 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...