आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डलाई गिरिजाबाबुले भारतबाट ल्याउनु भएको हो, छोड्ने बेला भएको छैन : देउवा

प्रचण्डलाई गिरिजाबाबुले भारतबाट ल्याउनु भएको हो, छोड्ने बेला भएको छैन : देउवा

'प्रचण्डलाई गिरिजाबाबुले भारतबाट ल्याउनु भएको हो छोड्ने बेला भएको छैन,' उनले भने, 'माधव नेपाल पार्टी छोडेर आएका हुन्, उनलाई छोड्ने कुरा छैन।'
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन कामय राखेर चुनावमा जानुपर्ने बताएका छन्। शनिबार पार्टी कार्यालयमा भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन्। 

National life

'प्रचण्डलाई गिरिजाबाबुले भारतबाट ल्याउनु भएको हो छोड्ने बेला भएको छैन,' उनले भने, 'माधव नेपाल पार्टी छोडेर आएका हुन्, उनलाई छोड्ने कुरा छैन।'

एमाले अध्यक्ष ओलीसँग आफू सँगै जेलमा बसेकाले आफूले जति नजिकबाट उनलाई चिन्न कोही नभएको समेत उनले बताएका थिए। 'ओली र मसँगै जेल बसेको हो। ओलीलाई मैले जिति कसैले चिनेको छैन,' गठबन्धनको आवश्यकता औँल्याउँदै उनले ओलीको चरित्रचित्रण गरे। 

कांग्रेस एक्लै चुनावमा गए पनि जित्न गाह्रो भएको उनको भनाइ थियो। 'हामी एक्लै जित्दैनौँ, त्यसैले गठबन्धन गरौँ,' आफू पार्टीमा जस्तोसुकै छलफल गर्न पनि तयार भएको समेत बताउँदै भने, 'मैले कसैलाई नभेट्ने भनेको छैन, शेखर आउनुस् म भेट्छु, छलफल गर्छु।'

सोमबार सुरु भएको बैठक शनिबार समापन हुँदैछ। 

प्रकाशित: Jul 16, 2022| 20:06 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...