आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेतृत्वको प्रशंसा गर्ने नाममा 'ॐ जय जगदीश हरे' गरेर घण्टी नबजाऔं : विश्वप्रकाश शर्मा

नेतृत्वको प्रशंसा गर्ने नाममा 'ॐ जय जगदीश हरे' गरेर घण्टी नबजाऔं : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वको अतिप्रशंशा र अति आलोचना पनि गर्न नुहने बताएका छन्। प्रशंशा गर्ने नाममा आरती र पुष्पाञ्जली गर्न जरुरी नभएको उनको तर्क छ।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वको अतिप्रशंशा र अति आलोचना पनि गर्न नुहने बताएका छन्। प्रशंशा गर्ने नाममा आरती र पुष्पाञ्जली गर्न जरुरी नभएको उनको तर्क छ। 

National life

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। उनले आलोचकहरुमाथि डन्डी नचलाउन पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन्। 'नेतृत्वको प्रशंसा गर्ने नाममा- ॐ जय जगदीश हरे गरेर घण्टी नबजाऔं। अनि आलोचना गर्ने नाममा, डन्डी पनि नचलाऔं,' शर्माले भने। 

डा शेखरले होटलमा भेला गर्नु हुन्थ्यो/ हुन्न्थ्यो भन्ने एउटा पक्ष भएपनि पार्टीभित्रको फरक विचार समूहले के मुद्दा उठाइरहेको छ त्यो मुख्य कुरा हुने उनको भनाइ छ। एउटा नेताको पक्षधरता राख्न अर्कोलाई होच्याउने गरी बोल्नु उपयुक्त नहुने बताए। 

अर्थतन्त्रका विषयमा सरकारले श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन्। 'सरकारले आजको समग्र अर्थतन्त्रकाबारे श्वेतपत्र जारी गरेर, जनता समक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ,' शर्माले भने, 'एकातर्फ हामीले घरेलु जीवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नुछ। अर्कोतर्फ के नेपाल श्रीलंका बन्दैछ? भन्ने मनोवैज्ञानिक त्रासलाई पनि चिर्नु छ। प्रमुख दलका रूपमा  नेपाली काँग्रेसको कर्तव्य हो- जनतालाई ढाडस दिने, आशा जीवित राख्ने, विश्वासमा लिने।'

उनले प्रमुख प्रतिपक्षीलगायत संसदमा रहेका सबै दल एवं विज्ञ अर्थशास्त्रीहरुसहितको सर्वपक्षीय छलफल आयोजना जरुरी रहेको समेत उल्लेख गरेका थिए। 

Shivam cement

केपी ओलीले प्रधानमन्त्रीको कार्यालयमा शक्तिकेन्द्रित गरेको तर कांग्रेस नेतृत्वको सरकार गठन भएको एक बर्ष पुग्दा पनि त्यसलाई सुधार नगरिएको भन्दै उनले सरकारको आलोचना गरेका थिए। 

कांग्रेस बैठकमा अधिकांश देउवा पक्षका नेताहरूले नेतृत्वको प्रशंशा गरेका थिए। कांग्रेसमा ८० प्रतिशतभन्दा बढी देउवा पक्षका केन्द्रीय सदस्य छन्। 

प्रकाशित: Jul 16, 2022| 19:57 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...