आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बैठकमा गठबन्धन, सरकार र देउवाको चर्चा : नाकमा झिँगा बस्यो भन्दै तरबार बोकियो

कांग्रेस बैठकमा गठबन्धन, सरकार र देउवाको चर्चा : नाकमा झिँगा बस्यो भन्दै तरबार बोकियो

सोमबारदेखि ललितपुरको सानेपामा सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शनिबार पनि जारी छ। शनिबारको बैठकमा पदाधिकारीहरूले धारणा राखेका छन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं– सोमबारदेखि ललितपुरको सानेपामा सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शनिबार पनि जारी छ। शनिबारको बैठकमा पदाधिकारीहरूले धारणा राखेका छन्। 

National life

दिउँसो १ बजे सुरु भएको बैठकमा साँझतिर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको बोल्ने पालो थियो। गगनले मौखिक रुपमा र विश्वप्रकाशले लिखित रुपमा आफ्ना धारणा राखे।

दुवै महामन्त्री सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट देखिए। गगनले स्थानीय निर्वाचनमा ३ सयभन्दा बढी सिट जित्दा कांग्रेसमा दम्भ प्रकट भएको भन्दै कुरा सुरु गरेका थिए। ठूला सहरमा कांग्रेसलाई धक्का लागेको दृष्टान्त दिँदै भने, ‘अहिले ३ सयभन्दा धेरै जित्यौं भनेर दम्भ प्रकट भएको छ। त्यो नराखेको राम्रो। ठूला सहरमा धक्का लागेको छ। लघुताभाषका साथ हामी एक्लै लड्न सकिन्छ? बाँच्न सकिन्छ भन्ने लघुताभाष कतिपय साथीहरूले कुरा राख्नु भएको छ। पार्टी सभापतिलाई खुसी बनाउन भनिएका कुराले पार्टीलाई हित हुँदैन। एक वर्ष सरकार चलाइसक्यौं। अब फेरि पनि सरकार चलाउँदा के डेलिभर गर्छौं भन्ने प्रस्ट नभई मत आउँदैन।’

एक केन्द्रीय सदस्यका अनुसार गगनले कांग्रेसमाथि उठेका प्रश्नलाई नजरअन्दाज गर्न नमिल्ने बताएका थिए। ‘हिजो केपी ओली प्रधानमन्त्री हुँदा सरकार कसरी चलाउँछौं हेर्नु भनेका थियौं। आजज सकार कसरी चलेको छ देखिएको छ। डिफेन्स गर्ने अवस्था छैन। हामीमाथिका  प्रश्नले हामीलाई लखेट्छ। सरकारले केही राम्रा काम गरेको छ। त्यसको क्रेडिट सरकारलाई दिनुपर्छ,’ गगनको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने। पार्टीका गतिविधि समाचारबाट थाहा पाउनु परेपछि त्यसको प्रतिक्रिया समचारबाटै हुने टिप्पणी गर्दै महामन्त्री थापाले सोधे– महामन्त्रीको हैसियतले कहाँबाट थाहा पाउनुपर्ने हो? यसरी नै सरकार र पार्टी चलाउने हो? यसमा सभापतिको ध्यान जाओस्। के हामीले निर्णय बोकेर मात्र हिँड्ने हो। सभापति, उपसभापतिले गरेको निर्णय बोकेर हिँड्ने हो? ताली पिट्ने मात्रै काम हो हाम्रो?’ 

अर्थ मन्त्रालय नलिनु कांग्रेसको गल्ती भएको पनि गगनले बैठकमा बताएका थिए। उनले थपे, ‘विकृती छ भनेका थियौं। सांसदहरूलाई सरकार छ भन्ने अनुभूति भएन। विकृतिको प्रतीरक्षा गर्न सक्दैनौं हामी। ओलीकै कार्यशैली पछ्याएपछि कसरी प्रतीरक्षा गर्ने हो? फेरि पनि भित्तामा पुर्याउने, घेराबन्दी गर्ने हो भने तपाईंहरूले बुझ्नु होला– हामी निर्वाचित महामन्त्री हो। यत्तिकै यहाँ आइपुगेको होइन। विधानले ६ महिनाभित्र गर्नुपर्ने काम सभापतिले कलम चोपेर हुने काम हो कि हामीले? युवाहरूले केही गरेनन् भनेर कतिपय साथीहरूले भन्नुभएको छ। सभापतिका अघि उहाँहरूको स्वर ननिस्किने। गुट भेला गर्ने भन्नेहरूलाई हिजोको तस्बिर हेरून्। ठूलो घर हुनेले ठूलै घरमा गुट भेला गरे, घर नहुनेले पार्टी प्यालेसमा राखे। गुट भेलामाथि प्रश्न उठाउनेलाई लाज छैन? हिजो शेरबहादुरले गुट भेला गरे भन्नेले आज शेखरले गरे भन्ने?

Shivam cement

०६८ सालमा सुशील कोइरालालाई राजीनामा बुझाएर शेरबहादुर दाइ हिँड्दा फकाउने काम हामीले गरेका हौं। मिलाउन हिँडेका हौं। आज एजेन्डामा छलफल गर्दा खेद्ने? सबैलाई न्याय भयो भने न गुट हुन्छ, न गुट भेला हुन्छ। हिजो ओलीले संवैधानिक परिषदमा अहंकार देखाउँदा पार्टी फुट्यो, आज सरकारले त्यही अहंकार देखाउने?

गगनले बोल्दै गर्दा देउवाले रोकेर भने– महामन्त्रीज्यू! कहिलेकाहीँ फोन उठाउने गर्नुस् न है।

सभापति देउवापछि उपसभापति धनराज गुरुङ बोले– पार्टी बैठकमा वादी–प्रतिवादी झैं भएर आउनु भएको छ। यसले पार्टी बन्छ। सभापतिको हात बलियो बनाउने भनेर तेलको कचौरा लिएर सभापतिको पाखुरामा लाउन सकिन्न। बलियो बनाउने भनेको वैचारिक रूपमा बनाउने हो। हामीले त्यही गरेको हो। वैचारिक रूपमा बलियो बनाउन हिँडेका गगनलाई बहिस्कार गर्छु भन्ने? गगनले लिड नगरेको भए एमसीसी पास गर्ने हिम्मत थियो? अहिले साथीहरू सभापतिको नाकमा झिँगा बसेको छ भनेर तरबार बोकेर हिँडिरहेका छन्। सभापतिजी तरबारले हान्दा झिँगा मर्छ कि को?

देउवाले भने– मेरो नाकमा झिँगा बासेको छैन।

धनराजले भने– सभापतिजी निदाएको बेला थाहा हुँदैन। 


प्रकाशित: Jul 16, 2022| 19:41 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...