आइतबार, असार ७, २०८३

गगनको फोन नउठ्दा देउवा हैरान

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्रीले फोन नउठाएको भन्दै हैरानी व्यक्त गरेका छन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्रीले फोन नउठाएको भन्दै हैरानी व्यक्त गरेका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोलिरहेका महामन्त्री गगन थापालाई रोक्दै उनले यस्तो बताएका हुन्। 

गगन थापाले सरकारले केही राम्रा काम गरेपनि थुप्रै नराम्रा काममा पनि हात हालेको भन्दै सरकार र प्रधानमन्त्री देउवाको आलोचना गर्न थालेपछि देउवाले उनलाई रोक्दै फोन उठाउन आग्रह गरेका हुन्। 

'महामन्त्रीज्यू कहिलेकाहीँ फोन उठाउने गर्नुस् न है,' गगनले बोलिरहँदा सभापति शेरबहादुर देउवाले भनेका थिए। 

महामन्त्री गगनकुमार थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा पार्टी बिगार्न गुटको भेलामा नगएको  दाबी गरेका थिए। ‘पार्टी बिगार्न गएका गुटको भेलामा गएका होइनौं। मैले पुरानो फोटो पनि हेरें बूढानीलकण्ठ, चाक्सीबारी, बोहराटार को जान्थे भनेर। पहिलेदेखि सबै जाने अनि हामी गएकोमा किन विरोध?’ उनले भनेका थिए। 
महाधिवेशन भएको ६ महिनामा पनि विभाग गठन नभएको प्रश्न गर्दै महामन्त्री थापाले अब पनि गठन भएन भने राम्रो सन्देश नजाने बताएका थिए। विधान अधिवेशन पनि चाँडै गर्न उनको माग छ। 
बैठकमा महामन्त्री थापापछि बोलेका सभापति देउवाले पार्टीका भातृसंस्थामा नेतृत्व चयन गर्ने विषयमा आफूले छलफलका लागि महामन्त्री खोज्दा फोन नै नउठाएको पुन: गुनासो गरेका थिए। तर आफूलाई बैठकमा खेदिएको उनको गुनासो थियो।
'तरूण दल र नेविसंघ गठन गर्दा सोधेको हुँ। फोन चाहिँ उठाउनुस्। फोन उठ्दैन। फोन गरेर खोज्दा एउटा महामन्त्री कहाँ छु भन्छ, अर्को कहाँ? महामन्त्री खोजे भेटिँदैन। यहाँ रूघ्ने म मात्र भएँ। मलाई अहिले नदेखेद्नुस्।' 
प्रकाशित: Jul 16, 2022| 19:31 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...