आइतबार, असार ७, २०८३

पार्टी बिगार्न गुटको भेलामा गएका होइनौं : गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा पार्टी बिगार्न गुटको भेलामा नभएको बताएका छन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा पार्टी बिगार्न गुटको भेलामा नभएको बताएका छन्।

National life

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा थापाले पहिलेदेखि जो गुटको भेलामा गएका थिए, उनीहरूले नै त्यसको विरोध गरेको बताए। 

उनले भने, ‘पार्टी बिगार्न गएका गुटको भेलामा गएका होइनौं। मैले पुरानो फोटो पनि हेरें बूढानीलकण्ठ, चाक्सीबारी, बोहराटार को जान्थे भनेर। पहिलेदेखि सबै जाने अनि हामी गएकोमा किन विरोध?’

महाधिवेशन भएको ६ महिनामा पनि विभाग गठन नभएको प्रश्न गर्दै महामन्त्री थापाले अब पनि गठन भएन भने राम्रो सन्देश नजाने बताए। विधान अधिवेशन पनि चाँडै गर्न उनले माग गरे।

महामन्त्री थापाले सभापति शेरबहादुर देउवाले समयमा आफ्नो भूमिका निभाउन नसक्दा आफूहरूमाथि दोष आउन थालेको पनि गुनासो गरे। ‘महाधिवेशनमा उहाँ पनि निर्वाचित भएर आएको हो, हामी महामन्त्रीहरू पनि निर्वाचित भएर आएका हौँ। महाधिवेशनपछि हामीले उहाँलाई असहयोग गर्ने कुरा होइन, सहयोग गर्न खोजेकै थियौँ। तर हामीले सल्लाह र परामर्श दिँदादिँदै पनि सभापतिले विधानले दिएकै कामहरू समयमा गर्न सक्नुभएन। त्यसको दोष हामीहरूमाथि आउन थालेको छ,’ उनले भने।

Shivam cement

महामन्त्री थापाले सभापति बलियो भएमात्रै पार्टी बलियो हुने भन्दै आफूले पनि सभापतिलाई बलियो बनाउन चाहेको बताए। उनले भने, ‘हाम्रो पार्टी कस्तो बनाउने र कसरी चलाउने भन्ने कुरामा महामन्त्रीको भूमिका के हुन्छ, सभापतिको भूमिका के हुन्छ भन्ने कुरा विधानले प्रष्ट बोलेको छ। सभापतिलाई सहयोग गरेर पार्टीलाई बलियो बनाउन हामी कस्सिएरै लाग्यौँ, तर सभापतिले हामीलाई सामान्य सरसल्लाह समेत नगरी निर्णय गर्ने अभ्यास गरिरहनुभएको छ।’

महामन्त्री थापाले नेपाल किसान संघ र आदिवासी जनजाति महासंघको अध्यक्ष नियुक्त भइसकेपछि मात्रै आफूले थाहा पाएको दृष्टान्त सुनाए। महामन्त्री थापाले पार्टीमा अहिलेसम्म विधानबमोजिम हुन नसकेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै ती काममा आफूले सहयोग गर्न चाहँदा पनि सभापतिले अग्रसरता देखाएर गर्न नचाहेको आरोप लगाए।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु (गगन र आफू) ले राम्रो गरिरहेको बताए। उनले भने, ‘हामीले के बेठिक गर्यौं। सभापतिलाई पार्टी विभाग बनाउँ, भ्रातृ संस्था बनाउँ भन्दा के बेठिक भयो र? हामीले निर्वाचन आयोग गएर मताधिकारको कुरा गर्दा के बिग्रियो? पार्टी सभापतिलाई खुसी पार्ने नाममा आफूहरुलाई अनावश्यक गाली नगर्न र आरोप नलगाउन उनले आग्रह गरे। शर्माले पनि आगामी भदौ अन्तिमसम्ममा नीति महाधिवेशन गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी पार्टी उपसभापति धनराज गुरूङले सबैले सभापतिको हात दह्रो पारौं भनेको बताउँदै ‘के हामीचाहिँ सभापतिको हात कमजोर पार्न लागेका छौं र?’ भनेर जवाफ दिए।

प्रकाशित: Jul 16, 2022| 19:05 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...