सोमबार, असोज ८, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • सहमहामन्त्री राठौरलाई रोक्दै देउवाले भने - तपाईं त पदाधिकारी हो नि यार!

सहमहामन्त्री राठौरलाई रोक्दै देउवाले भने - तपाईं त पदाधिकारी हो नि यार!

केन्द्रीय सदस्य गोपाल दहितले अघिल्लो बैठकमा सहमहान्त्री किशोर सिंह राठौरलाई वडा जिताउन नसकेको भन्दै आलोचना गरेका थिए। आफ्नो वडामा कांग्रेस जिताउन सफल भएपनि राठौरले जिताउन नसकेको भन्दै उनले व्यंग्य गरेका थिए।
 |  शनिबार, असार ३२, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेताहरुले स्थानीय तहको निर्वाचनको विषयलाई लिएर घोचपेच पनि गरेका छन्। केन्द्रीय सदस्य गोपाल दहितले अघिल्लो बैठकमा सहमहान्त्री किशोर सिंह राठौरलाई वडा जिताउन नसकेको भन्दै आलोचना गरेका थिए। आफ्नो वडामा कांग्रेस जिताउन सफल भएपनि राठौरले जिताउन नसकेको भन्दै उनले व्यंग्य गरेका थिए।

sagarmatha cement

शनिबारको बैठकमा बोल्दै राठौरले दहितलाई जवाफ फर्काएका हुन्। उनले भने, '१० वटा पार्टी चाहार्दै आएको मान्छेले मेरो डिग्‍निटीमाथि प्रश्न उठाउने? मेरो वडाको चुनावी समीकरण र वस्तुगत स्थिति फरक थियो, जुन तपाईंलाई थाहा छैन। पार्टी फेर्दै हिड्नेले मेरोबारेमा प्रश्न उठाउने?'

प्रतिपक्षले समेत औंला उठाउने नसकेको मान्छेलाई १० वटा पार्टी चाहार्नेले प्रश्न उठाएको भन्दै राठौर आक्रोशित बनेपछि सभापति देउवाले रोकेका थिए। देउवाले राठौंरलाई सम्झाउँदै भने- 'तपाईं त पदाधिकारी हो नी यार! केन्द्रीय सदस्यलाई थर्काउन भएन नी!' 

राठौर र दहित दुबै बर्दियाकै नेता हुन्। 


प्रकाशित: Jul 16, 2022| 17:51 शनिबार, असार ३२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेस बैठकमा अर्थतन्त्रको चिन्तादेखि हिन्दू राष्ट्रको मागसम्म

कांग्रेस बैठकमा अर्थतन्त्रको चिन्तादेखि हिन्दू राष्ट्रको मागसम्म

केन्द्रीय सदस्यहरुले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा रहने कि नरहने गम्भीर समीक्षा गर्न माग पनि राखेका छन्।
सांसद डाँगीको स्वीकारोक्ति- सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौं

सांसद डाँगीको स्वीकारोक्ति- सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौं

विधायिकाको भूमिकामा प्रभावकारी काम गर्ने हुटहुटीका बाबजुद संसदीय अभ्यासमा सक्रिय हुन नसकेको उनको बुझाइ छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट

आज चीन पुगेका प्रधानमन्त्री प्रचण्डले एसियन गेमस्थल हाङ्जावमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका हुन्।