आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीलाई नारायणकाजीको प्रस्ताव : आत्मालोचना गरौं, तत्काल वामएकता नसकिए पनि चुनावी तालमेल गरौं

ओलीलाई नारायणकाजीको प्रस्ताव : आत्मालोचना गरौं, तत्काल वामएकता नसकिए पनि चुनावी तालमेल गरौं

‘नेपालको भूराजनीतिक अवस्थाबारे’ शीर्षकमा शनिबार आयोजित छलफलमा सहभागी भएका नेता श्रेष्ठले वामपन्थी एकताका लागि सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्नेमा बताएका हुन्। उनले भन्, 'तत्काल पार्टी एकता गर्न नसकिएला, तर तालमेल गरेर अघि बढ्न सकिन्छ।'
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- संघ र प्रदेशको निर्वाचन नजिकिएसँगै फेरि वाम एकताको चर्चा सुरु भएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एमालेका केही नेताहरुले वाम एकताको पक्षमा अभिव्यक्तिहरु दिइरहेका छन् भने वामदेव गौतमले त नेकपा एकता अभियान भनेर पार्टी नै सुरु गरेका छन्। यही क्रम चलिरहेको समयमा शनिबार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि तत्काल वाम एकता सम्भव नभए चुनावी तालमेल गर्नुपर्ने बताएका छन्। 

National life

‘नेपालको भूराजनीतिक अवस्थाबारे’ शीर्षकमा शनिबार आयोजित छलफलमा सहभागी भएका नेता श्रेष्ठले वामपन्थी एकताका लागि सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्नेमा बताएका हुन्। उनले भन्, 'तत्काल पार्टी एकता गर्न नसकिएला, तर तालमेल गरेर अघि बढ्न सकिन्छ।' 

उनले एउटै मञ्‍चमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आत्मालोचना गर्दै एकताका लागि अघि बढ्न आग्रह गरेका हुन्। उनले भने, 'आदरणीय नेता केपी ओली यहीँ हुनुहुन्छ, म विनम्रतापूर्वक निवेदन गर्छु, अब हामीले 'तुम सेर तो हम सवा सेर' छाडिदिऊँ।’

उनले यसअघिका घटनाक्रमबारे आत्मसमीक्षा गर्नुपर्ने पनि बताएका छन्। उनले थपे, 'घटनाक्रमको विषयवस्तुमा आत्मसमीक्षा गरौँ, कतिपय भोलि पछाडि गरे हुने पछि नै समीक्षा गरौँला। अहिल्यै गर्नुपर्ने भएको छ भने आत्मालोचना गरौँ। पार्टी एकता जोगाउन सकिएन, त्यसमा म पनि आत्मआलोचित छु।'

अहिलेको विवादित र चिराचिराको अवस्थालाई छाडिदिएर एकतावद्ध गरिदिने हो भने देशमा वाम शक्तिहरु नै अहिलेको ठूलो शक्ति भएकव उनले दाबी गरे। वामपन्थी आन्दोलन सकियो भने नेपालको राष्ट्रियता कमजोर हुने बताउँदै थपे, 'देशको अस्तित्व संकटमा नपारौँ। त्यसका लागि वामपन्थीहरूको एकता आवश्यक्ता छ। कमसेकम तालमेल, मोर्चा र अर्को दिशातिर जानुपर्ने आवश्यक्ता छ।'

Shivam cement

अमेरिकी अनुदान सहयतासम्बन्धी सम्झौताको विरोध गरेका नारायकाजीले एमसीसी अनुमोदन भएदेखि नै वाम एकताको कुरा गरिरहेका छन्। उनले यसअघि बालकोटमा नै पुगेर ओलीसँग मिलेर बढ्न आग्रह गरेका थिए। 

यसअघि नेपाल भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले पनि नेपालका कम्युनिस्टहरु एकताबद्ध हुनुपर्ने बताएका थिए।

चीनलाई कमजोर बनाउन अमेरिकाद्वारा नेपाल भूमि प्रयोग

नेता श्रेष्ठले चीनलाई कमजोर पार्न अमेरिकाले नेपाली भूमि प्रयोग गर्न चाहेको दाबी गरेका छन्। उनले भने, 'अमेरिकाले चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहन्छ। अग्रशक्तिको रुपमा रहेको कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउन चाहन्छ।'

तर नेपाल ठीक दिशातिर नगइरहेको बताउँदै श्रेष्ठले भने, ‘तर हामी कता जाँदैछौँ, हामी ठीक दिशातिर गइरहेको अनुभूति हुँदैन।हामी स्वतन्त्र नीतिबाट विचलित हुन लागिरहेका त छैनौं?' उनले हामीलाई पुर्खाले छाडेका गौरवशाली देश र राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि प्रश्न उठ्न थालेको पनि बताएका हुन्। 

यसअघि चिनियाँ नेता लिउले पनि माओवादी नेताहरुसँगको भेटका क्रममा नेपालमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार्य नहुने चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए। 

प्रकाशित: Jul 16, 2022| 17:46 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...