आइतबार, असार ७, २०८३

तालमेल गरेर अघि नबढे वामपन्थीहरू सिद्धिने पक्का : नेता नारायणकाजी

ओलीलाई वामपन्थी तालमेलमा पहल लिन नारायणकाजीको आग्रह
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालमेलका लागि नेकपा एमाले अध्यक्ष केपी ओलीसँग आग्रह गरेका छन्। यसका लागि तँभन्दा म ठूलो भन्ने अहं त्यागेर आत्मसमीक्षा गर्न उनले सुझाए।

National life

शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषय विचार गोष्ठीमा नेता श्रेष्ठले देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामपन्थी भएको दाबी गरे। तर अहिले वामपन्थीले एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने दिशातिर गइरहेको र यसले देशको अस्तित्व संकटमा पर्न सक्ने उनको धारणा छ।

उनले भने, ‘देश सिध्याउने काम नगरौं। त्यसका निम्ति वापन्थीको एकता आवश्यक छ। कमसेकम तालमेल र मोर्चातिर जान आवश्यक छ,’ मञ्चमा आसीन एमाले अध्यक्ष ओलीको नाम लिँदै श्रेष्ठले भने, ‘विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, वामपन्थी एकताका लागि तपाईं (ओली) ले पहल थाल्नुपर्छ।’

वामपन्थी एकताका लागि वाम पार्टीभित्र रहेका गल्ती–कमजोरीको आत्मालोचना सबैले गर्नुपर्ने उनको भनाइ छ। तालमेल गरेर अघि बढेनन् भने वामपन्थीहरू सिद्धिने दिशातिर जाने उनले बताए।

प्रकाशित: Jul 16, 2022| 17:18 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...