आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बैठकमा दुई सहमहामन्त्रीको प्रश्नः शेखर कोइरालासँग किन छलफल भएन?

कांग्रेस बैठकमा दुई सहमहामन्त्रीको प्रश्नः शेखर कोइरालासँग किन छलफल भएन?

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियाले भातृसंस्थाका समिति गठनमा शेखर समूहसँग छलफल नगरिएको भन्दै आपत्ति जनाएका छन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियाले भातृसंस्थाका समिति गठनमा शेखर समूहसँग छलफल नगरिएको भन्दै आपत्ति जनाएका छन्। सहमहामन्त्री द्वय पाण्डे र परियारले नेविसंघ र तरूण दल गठन गर्दा नेता शेखर कोइरालासँग सामान्य छलफल समेत नगरिएकोमा आपत्ति जनाएका हुन्। 

देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरूण दलको अध्यक्षमा विद्वान गुरूङलाई मनोनित गरेका थिए। तर, नेता शेखरसँग छलफल नै नगरिएको र एकलौटी गर्न खोजिएको पाण्डेको भनाइ थियो। अर्का सहमहामन्त्री परियारले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत हालेका कोइरालासँग सभापतिले छलफल समेत नगर्नु दु:खद् भएको बताए। भातृसंस्थाका तदर्थ समिति गठनलगायतका विषयमा छलफल नै नगरी सभापति देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको उनको भनाइ थियो।

गत आइतबार देखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ। शनिबार मन्त्रीहरूले बोल्ने क्रम सकिएपछि पदाधिकारीले बोल्ने क्रम सुरू भएको छ। अहिले सह-महामन्त्रीहरूले आफ्नो धारणा राखिरहेका छन्। 

प्रकाशित: Jul 16, 2022| 17:01 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...