आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : गठबन्धनलाई निरन्तरता दिन सुझाव

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : गठबन्धनलाई निरन्तरता दिन सुझाव

थोरै मतले पराजित भएकाहरूलाई पनि जितेकाहरूले सँगै लिएर जाने वातावरण निर्माण गर्न आग्रह।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शनिबार पनि विभिन्न पदाधिकारीले आ–आप्mना धारणा व्यक्त गरे। उनीहरूले पार्टी संरचना, गठबन्धन सरकारमा कांग्रेसले नेतृत्व गरेपछि भएका गतिविधिमाथि प्रकाश पारे।

National life

बैठकमा गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्माले प्रदेश सभापतिहरूको एक मत विषय प्रस्तावित मर्यादाक्रम नमिलेको भन्ने रहेको बताए। सबै ठाउँको सभापति माथिल्लो कमिटीको सदस्य हुने व्यवस्था भए पनि प्रदेश सभापति किन केन्द्रीय सदस्य नहुने भनेर उनले पार्टी नेतृत्वसँग प्रश्न गरे। केन्द्रले प्रदेशलाई सहयोग नगरे ठूलो समस्या हुनेतर्फ उनले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराए। थोरै मतले पराजित भएकाहरूलाई पनि जितेकाहरूले सँगै लिएर जाने वातावरण निर्माण गर्न उनले आग्रह गरे।

आफन्तको नाममा बजेट विनियोजन गरेर विवादमा तानिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नेताहरूको नाममा विनियोजित रकम कुनै व्यक्तिमार्फत नभई संस्थामार्फत कार्यक्रममा खर्चिने प्रस्टीकरण दिए। लोकतन्त्रमाथि खतरा रहेका बेला कांग्रेस गठबन्धनमा सहभागी भए पनि आगामी दिनमा विशेष ध्यान दिनुपर्ने सुझाव उनको छ। भ्रातृ संस्थाहरूको निर्वाचन चाँडै गराउन उनले नेतृत्वसमक्ष माग गरे।

यस्तै, केन्द्रीय सदस्य सीता गुरुङले स्थानीय तह निर्वाचनमा गठबन्धनका कारण कांग्रेसलाई लाभ मिलेकाले त्यसलाई निरन्तरता दिइनुपर्ने बताइन्।

वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मुलुकमा आयात बढिरहे पनि निर्यात बढाउन नसक्दा व्यापार घाटा बढेको बताए। निजी क्षेत्रसँगको सहयोगमा पूर्ण क्षमतामा नचलेका उद्योग सञ्चालन गरिने र नयाँ उद्योग स्थापना गरिने उनले जानकारी दिए।

Shivam cement

मूल्यवृद्धिका कारण बढेको महँगीले उपभोक्ता मारमा परिरहेकाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने प्रयासमा सरकार रहेको उनले बताए। मुलुकका ७५३ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने प्रक्रिया अगाडि बढेको उनको भनाइ छ।

यस्तै, अर्का केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनबिना माओवादी एक्लै चुनाव नलड्ने दाबी गरे। पार्टीले आउँदा निर्वाचनमा पार्टीले गठबन्धन गरे जोकसैको सिट गुम्ने हुँदा त्यसका लागि तयार हुनुपर्ने सुझाव उनले दिए।

गृह प्रशासनको नियमित ड्युटीअनुसार नै सूचना संकलन हुने हुँदा कसैको सुराकी, चियोचर्चा भएको भए त्यसैबेला भन्नुपर्ने उनले बताए। ६ महिनापछि मिडियामा राजनीतिक लाभका लागि कुरा उठाउन आवश्यक नभएको उनको भनाइ छ। बैठकमा अन्य सदस्यहरूले बोल्ने क्रम जारी छ।

प्रकाशित: Jul 16, 2022| 15:44 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...