आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'सन् १९५० को सन्धि, सीमा मुद्दा र ईपीजी द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्छ'

'सन् १९५० को सन्धि, सीमा मुद्दा र ईपीजी द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्छ'

कूटनीतिक र द्विपक्षीय सम्बन्धका आधारमा सन् १९५० को सन्धी, सीमासम्बन्धी मुद्दा र ईपीपीको विषयलाई द्विपक्षीय कूटनीतिक संवादमार्फत उच्च विश्‍वासका साथ समाधान गर्नुपर्नेछ।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सन् १९५० को सन्धि, सीमा मुद्दा र ईपीजीको विषय द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्। तीन दिने भारत भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्डले इतिहासले छोडेका केही समस्याहरुलाई समाधान गर्न लागि पर्नुपर्नेसमेत बताएका छन्। 

National life

फाउन्डेसन फर पब्लिक अवेरनेस एण्ड पोलिसिले भारत-नेपाल सम्बन्धका विषयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, 'केही समस्याहरु इतिहासले छोडेर गएको छ।  नेपालसँगको कूटनीतिक र द्विपक्षीय सम्बन्धका आधारमा सन् १९५० को सन्धी, सीमासम्बन्धी मुद्दा र ईपीपीको विषयलाई द्विपक्षीय कूटनीतिक संवादमार्फत उच्च विश्‍वासका साथ समाधान गर्नुपर्नेछ। दुई असल छिमेकीको भावना अनुरुप उक्त मुद्दाहरु समाधान गरिनुपर्दछ।' 

उनले भारत विभिन्‍न अन्तर्राष्ट्रिय र क्षेत्रीय गठबन्धन र समूहहरुमा आबद्ध रही सकारातम्क भूमिका खेलिरहेको भन्दै प्रशंसासमेत गरेका थिए। भारतकी पूर्वविदेशमन्त्री सुष्मा स्वराज भवनमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले स्वर्गीय स्वराजप्रति श्रद्धाञ्‍जली अपर्ण गर्दै उच्च सम्मान प्रकट गरेका थिए। 

उनले नेपाल जलविद्युत उत्पादनको अत्यधिक सम्भावना रहेको मुलुक भएको उल्लेख गर्दै सहकार्य गर्न पनि आह्वान गरेका छन्। उनले भने, 'नेपाल हाइड्रोपावरमा इकोनमिक 'पावर-हाउस' नै बन्‍ने गरी जलविद्युत उत्पादनको अत्यधिक सम्भावना भएको मुलुक हो। भारतमा विद्युतको माग निकै बढिरहेको छ। हाइड्रोपावर क्षेत्रमा द्विपक्षीय सहकार्यले पारस्पारिक लाभ प्राप्त हुनसक्छ। नेपालको हाइड्रोपावरले इनर्जी सेक्युरिटी र ग्रिन ग्रोथमा पनि योगदान गर्न सक्छ।'

माओवादी अध्यक्ष प्रचण्डले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा क्रममा भएको उर्जासम्बन्धी समझदारीले पनि द्विपक्षिय उर्जा व्यापारलाई बढावा दिने बताएका छन्। उनले भने, 'प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको उर्जा समझदारीले द्विपक्षीय उर्जा व्यापारलाई प्रबर्द्धन गर्नेछ। अहिले भारतमा नेपालको बिजुली निर्यात बढ्दै गएको छ। उर्जा व्यापारलाई द्विपक्षीय व्यापार र बीबीआएनमार्फत अघि बढाउन सकिन्छ।' 

Shivam cement

उनले जलवायु परिवर्तनमा पनि दुई मुलुकबिचको सहकार्यले ठूलो योगदान गर्ने बताएका हुन्। उनले भने, 'जलवायु परिवर्तनले नेपाललाई ठूलो नोक्सान गरेको छ। यसले हिमालमा हिउँ पग्‍लिने मात्र नभइ, तल्लो भूभागमा बस्‍ने मानिसहरुको जीवनयापनमा पनि समस्या सिर्जना गरेको छ।' नेपालको इकोसिस्टम पनि ग्लोबल गुड्स भएको पनि उनले बताए। 

उनले दुई देशका प्रधानमन्त्रीको भ्रमणको आदानप्रदानले पनि दुई मुलुकबीचको सम्बन्धलाई थप प्रबर्द्धन गरेको बताए। उनले थपे, 'नेपाल-भारत सम्बन्ध ऐतहासिक, सामाजिक-सांस्कृतिक सम्बन्ध र व्यक्ति-व्यक्तिबीचको सम्बन्धले दुई मुलुकबीच पारस्पारिक हार्दिकतापूर्ण सम्बन्ध बढाएको छ। दुई मुलुकलाई भूगोलले मात्र नभइ धर्म, नदी, भाषा, संस्कृतिजस्ता कुराहरुले जोडेको छ।'

भारतले भूकम्पको समयमा गरिएको राहत तथा उद्धार र भूकम्पपछिको पुनर्निर्माण, कोरोना महामारीको समयमा भारतले गरेको सहयोगको प्रशंसा गर्दै भारतल सरकारलाई धन्यवाद दिएका हुन्। उनले भने, 'विगत दुई वर्षमा कोरोना महामारीले मानिसहरुको जीवनयापन नै प्रभावित गर्‍यो। त्यस कठिन समयमा भारले गरेको सहयोगप्रति धन्यवाद दिन चाहन्छौं। भूकम्पको समयमा पनि भारतले गरेको सहयोग अविष्मरणीय छ। भूकम्पपछिको पुनर्निर्माणमा भारतले निकै ठूलो सहयोग गरेको छ। भारतको सहयोगलाई हामीले निकै महत्व दिएका छौं। नेपालको विकासमा भारतले ठूलो सहयोग गरेको छ।' उनले मल आपूर्तीमा भारतले गरेको सहयोगको प्रशंसा गरे। 

व्यापारिक समुदायले नेपालका अवसरहरुलाई उपयोग गर्नसक्ने पनि उनले बताए। उनले थपे, 'व्यापार आर्थिक गतिविधि बढाउनका लागि सडक, रेलमार्ग र जलमार्गका क्षेत्रमा साझेदारी गर्न सकिन्छ। क्षेत्रिय र अन्तर्राष्ट्रिय विमानस्थललाई पोइन्टको रुपमा जोड्न आग्रह गरे। प्राकृतिक र सांस्कृतिक सम्पदा, नेचर, कल्चर र एडभन्चरजस्ता कुराहरुको अवलोकनका लागि भारतीय पर्यटकहरु नेपाल आउनसक्छन्। रामायण शिव र बुद्ध सर्किटले धार्मिक पर्यटनलाई प्रबर्द्धन गर्छ।' 

भारतीय विदेशमन्त्रीसँग भेट


तीन दिने भारत भ्रमणमा गएका अध्यक्ष प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन्। भारतीय विदेशमन्त्री जयशंकरले नेपालका पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न पाउँदा खुसी लागेको बताएका छन्। प्रचण्डसँग आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको पनि उनले उल्लेख गरेका छन्। 

जयशंकरले तस्बिरसहित ट्विट गरेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ।’ उनले अंग्रेजी र नेपाली दुवै भाषामा ट्विट गरेका छन्। शनिबार नै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए। उनले उक्त कार्यक्रममा नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूले भ्रमण गरेको बताएका हुन्।

उनले शनिबार बिहान भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका थिए। उनले आइतबार भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणलगत्तै भएको उनको दिल्ली भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ। 

उनले उपचारका लागि दिल्लीमा रहेकी प्रधानमन्त्री पत्‍नी आरजू राणा देउवालाई पनि भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।  भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रचण्ड भेटवार्तामा व्यस्त छन्। उनी आइतबार नै स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ। 

प्रकाशित: Jul 16, 2022| 15:35 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...