आइतबार, असार ७, २०८३

'छिमेकी सम्बन्ध सुदृढ बनाउने' बारे प्रचण्ड र जयशंकरबीच छलफल

भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशमन्त्री जयशंकरले शनिबार भेटवार्ता गरेका छन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय विदेशमन्त्री जयशंकरले शनिबार भेटवार्ता गरेका छन्। 

National life

प्रचण्डलाई भेट्न भारतीय विदेशमन्त्री जयशंकर उनी बसेको होटलमा नै पुगेका थिए। भारतीय विदेशमन्त्री जयशंकरले नेपालका पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न पाउँदा खुसी लागेको बताएका छन्। प्रचण्डसँग आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको पनि उनले उल्लेख गरेका छन्। 

जयशंकरले तस्बिरसहित ट्विट गरेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ।’ उनले अंग्रेजी र नेपाली दुवै भाषामा ट्विट गरेका छन्। 


Shivam cement
शनिबार नै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए। उनले उक्त कार्यक्रममा नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूले भ्रमण गरेको बताएका हुन्।

उनले शनिबार बिहान भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका थिए। उनले आइतबार भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणलगत्तै भएको उनको दिल्ली भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ। 

उनले उपचारका लागि दिल्लीमा रहेकी प्रधानमन्त्री पत्‍नी आरजू राणा देउवालाई पनि भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। 

भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रचण्ड भेटवार्तामा व्यस्त छन्। उनी आइतबार नै स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ। 


प्रकाशित: Jul 16, 2022| 14:12 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...