आइतबार, जेठ ६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्‍चिमको 'रेफरल अस्पताल'मा सिटी स्क्यान सञ्‍चालन नहुँदा निजीमा चर्को मूल्य तिर्न बिरामी बाध्य

सुदूरपश्‍चिमको 'रेफरल अस्पताल'मा सिटी स्क्यान सञ्‍चालन नहुँदा निजीमा चर्को मूल्य तिर्न बिरामी बाध्य

सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्‍चालनमा नआउँदा बिरामी मर्कामा परेका छन्। प्रदेशका ९ जिल्लाका बिरामी उपचारका लागि आउने गरेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालनमा नआउँदा चर्को मूल्य तिरेर बिरामी निजी अस्पतालमा जान बाध्य भएका छन्।
 |  शनिबार, असार ३२, २०७९

भीम चौधरी

भीम चौधरी

शनिबार, असार ३२, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्‍चालनमा नआउँदा बिरामी मर्कामा परेका छन्। प्रदेशका ९ जिल्लाका बिरामी उपचारका लागि आउने गरेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालनमा नआउँदा चर्को मूल्य तिरेर बिरामी निजी अस्पतालमा जान बाध्य भएका छन्। 

triton college

खासगरी मष्तिष्कघात, मष्तिष्कघात भित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा उपयोगी हुने सिटी स्क्यान मेसिन प्रादेशिक अस्पतालमा सञ्चालनमा नआउदा बिरामीहरु धनगढीकै निजी अस्पतालमा चेकजाँचका लागि पुग्‍ने गरेका छन्। 

आर्थिक चलखेलका कारण सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालनमा आउन नसकेको श्रोतको भनाई छ। श्रोतले भन्यो, ‘निजी अस्पतालमा सिटी स्क्यान गर्दा धेरै शुल्क तिर्नुपर्ने हुन्छ। तर, प्रादेशिक अस्पतालमा सञ्चालनमा भएको भए धेरै सस्तो पथ्यो।’

‘निजी अस्पतालमा नर्म सिटी स्क्यान गर्दा चार हजारदेखि चार हजार पाँच सयसम्म पर्छ, कन्टास सिटी स्क्यान गर्दा ११ हजारसम्म शुल्क तिर्नुपर्छ’ श्रोतले भन्यो,‘त्यसमा जाँचका लागि बिरामी पठाउनेले नर्मलमा पाँच सय र कन्टास सिटी स्क्यानमा तीन हजारसम्म कमिसन पाउँछन्। यदि प्रादेशिक अस्पतालमा सिटी स्क्यान सञ्चालनमा आएको भए बिरामीलाई धेरै सस्तो पर्थ्यो।’

हाल धनगढी डाइगोष्टिमा रहेको सिटी स्क्यान मेसिन बिग्रिएको अवस्थामा छ भने माया मेट्रो र निसर्ग हष्पिटल एण्ड रिसर्च सेन्टरमा चालु अवस्थामा रहेको छ। प्रादेशिक अस्पतालमा तीन जना रेडियोलोजी रहेको अस्पतालले जनाएको छ।

corrent noodles
Metro Mart

आर्थिक वर्ष ०७७-०७८ मा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान खरिदका लागि नौ करोड बजेट विनियोजन गरेको थियो। सेती प्रादेशिक अस्पतालले २०७७ सालको कात्तिकमा मेसिन खरिदका लागि ठेक्का सम्झौता गरेको थियो। 

पाँच महिनाभित्र सिटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने गरी काठमाडौंको म्याक्स मेडिटेक सिस्टमसँग ठेक्का सम्झौता भएको थियो। पाँच लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाखमा सो मेसिन खरिद गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार गत फागुनमा नै मेसिन जडान हुनुपर्ने भए पनि हालसम्म सञ्चालनमा आएको छैन। 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले  सिटी स्क्यान सञ्चालनको अन्तिम तयारीमा रहेको बताए। ‘यो महिनाको अन्तिमसम्म सञ्चालनको तयारी थियो। प्राविधिक कारण केही समय ढिलो भयो’ सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने, ‘भवन निर्माण एक वर्ष ढिलो भएकोले समयमै सञ्चालन हुन सकेन, अब एक हप्ताभित्र हुन्छ।’ 

सूचना अधिका श्रेष्ठले थपे, ‘अन्य केही कारण होइन्, भवन निर्माणमा ढिलाई भएकाले सिटी स्क्यान मेसिन सञ्चालनमा ढिलाई भएको हो।’ श्रेष्ठले अस्पताल व्यवस्थापन समितिले सेवा शुल्क तोक्ने बताए। ‘सेवा शुल्क अस्पताल तोक्ने हो’ उनले भने, ‘अस्पताल नाफामुखी नभएर सेवामुखी भएकाले शुल्क न्यून हुन्छ।’   

सिटी स्क्यान मेसिनको भवन निर्माणका लागि २०७७ असारमा अस्पताल प्रशासन र टीकापुरको इन्द्र धनु अछाम निर्माण सेवासँग सम्झैता भएको थियो। करसहित एक करोड ५९ लाखमा ठेक्का सम्झौता भएको थियो। तर, समयमा निर्माण कम्पनीले भवन निर्माण गर्न नसक्दा सेवा सूचारुमा ढिलाई भएको उनले बताए। 



प्रकाशित: Jul 16, 2022| 13:46 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।