आइतबार, असार ७, २०८३

आगामी निर्वाचनमा गठबन्धनका विषयमा छलफल गर्दै छौं : नेता कोइराला

कांग्रेस विधिसम्मत चलोस् भनेर प्रधानमन्त्री एवं पार्टी सभापतिलाई खबरदारी गर्दै आएको नेता कोइरालाको धारणा छ।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

चितवन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने/नगर्ने विषयमा जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको बताएका छन्।

National life

शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले गठबन्धन गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने ग्यारेन्टी अनिवार्य सर्त रहेको उनले उल्लेख गरे।

गठबन्धन गर्दा चितवन क्षेत्र ३ फेरि पनि कांग्रेसको हातबाट फुस्किने हो? भन्ने पत्रकारको प्रश्नमा कोइरालाले अहिल्यै आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए। अघिल्लो पटकको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेस–राप्रपा गठबन्धन गर्दा क्षेत्र ३ कांग्रेसले पाएको थिएन।

क्षेत्र ३ को अधिकांश भाग पर्ने भरतपुर महानगर निर्वाचनमा पनि माओवादी केन्द्रसँग गठबन्धन गर्दा कांग्रेसले मेयर पाउन सकेन।

स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता÷कार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि बैठकमा छलफल भइरहेको उनले जानकारी दिए।

Shivam cement

भरतपुर महानगरको मेयरमा कांग्रेसबाट बागी उम्मेदवारी दिएर कारबाहीमा परेका जगन्नाथ पौडेल कोइरालालाई स्वागत गर्न विमानस्थल पुगेका थिए। 

नेता कोइरालाले जारी बैठकमा केही सदस्यले संघीयता र धर्म निरपेक्षता खारेजीको विषय उठाएको बताए।

कोइरालाले भने, ‘संविधानमा लेखिएको छ। यो अत्यन्तै पेचिलो विषय हो। प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन । राम्रोसँग काम गर्दै गयो भने ठीकै हो।’

उनले पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित ढंगले विभाग र भ्रातृ संस्था बनाउन आग्रह गरिरहेको जानकारी दिए। नेताहरुले आफ्नो पक्षका नेता÷कार्यकर्तालाई बोलाएर सल्लाह लिने विषयलाई ठूलो इस्यु बनाउन जरुरी नरहेको उनको भनाइ छ।

१४औं महाधिवेशनका क्रममा देउवाले आफू निकटका नेताहरुलाई बोलाएर छलफल गरे पनि अहिले आफूले त्यही काम गर्दा गुटबन्दीको आरोप लगाइनु उचित नभएको उनको धारणा छ।

‘कांग्रेस विधिसम्मत, विधानसम्मत हिँडोस् भन्ने हो। यो एउटा समूहको पार्टी होइन, सबैलाई मिलाएर हिँड्नुस् भनिएको हो’, उनले भने। कांग्रेस विधिसम्मत चलोस् भनेर प्रधानमन्त्री एवं पार्टी सभापतिलाई खबरदारी गर्दै आएको उनले बताए।

प्रकाशित: Jul 16, 2022| 12:29 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...