बिहीबार, असार ३२, २०८३

रियलको जितमा बेलको उत्कृष्ट प्रदर्शन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी शुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा गेटाफेलाई २-० ले पराजित गर्दै रियलले विजयी शुरुवात गरेको हो ।  रियललाई जिताउन ग्यारेथ बेल र डेनी कार्भाहलले एक एक गोल गरे ।

खेलको २० औं मिनेटमा कार्भाहलको हेड गोल रियलले अग्रता लिएको थियो । पहिलो हाफमा १-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । ५१ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। 

यसपटक अघिल्लो गोलको लागि पास मिलाएका बेलले मार्को एसेन्सियोको पासमा डि–बक्सभित्रबाट गोल गरेका थिए । ५३ औं मिनेटमा एसेन्सियोको प्रहार बारमा लाग्दा रियलले गोल अन्तर बढाउने अवसर गुमायो ।

गेटाफेविरुद्ध खेलमा पकड जमाएपनि थप गोल गर्न नसक्दा रियलले २-० को जित निकाल्न सफल भयो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।