सोमबार, साउन २५, २०८३

विज्ञप्ति जारी गर्दै बाबुरामले भने- पार्टी पुनर्गठनको विकल्प छैन

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले आफूहरूको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले आफूहरूको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन्।

शुक्रबार बेलुकी एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले अब आफूहरूसामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका हुन्। उनले पार्टी नेताहरूलाई पार्टी पुनर्गठनका लागि अपिलसमेत गरेका छन्।

उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक अराजकनीतिक र अनैतिक रूपमा आफू लगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरको घोषणाको घोर भर्त्सना गर्दै कारबाहीको निर्णयको खारेजी गरेको जनाए।

आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको उनले दाबी छ।



प्रकाशित: Jul 16, 2022| 07:57 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...