सोमबार, साउन २५, २०८३

भारत भ्रमणमा रहेका प्रचण्ड के गर्दैछन् दिनभर?

भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भेटवार्तालाई तीब्रता दिने भएका छन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भेटवार्तालाई तीब्रता दिने भएका छन्।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रचण्ड शुक्रबार राति भाजपाले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए। 

उनले अब आजदेखि भने राजनीतिक भेटलाई तीव्रता दिने छन्। प्रचण्ड आज विहान नेपाली राजदूत डा. शंकर शर्माले उनको सम्मानमा दिने ब्रेकफास्टमा सहभागी हुनेछन्। 

उक्त कार्यक्रममा दूतावासका कर्मचारी र माओवादी समर्थित भारतस्थित प्रवासी नेपालीको सहभागिता रहनेछ। 

यस्तै प्रचण्डलाई आज बिहान भारतीय विदेशमन्त्री जयशंकरले भेट्ने कार्यक्रम छ। भारतीय विदेश सचिव क्वात्राले पनि अलग्गै भेट्ने छन्। 

त्यसपछि उनी फाउन्डेसन फर पब्लिक अवारनेस एन्ड पोलिसी नामको संस्थाले आयोजना गर्ने नेपाल–भारत सम्बन्ध विषयक कार्यक्रममा प्रमुख वक्ता हुनेछन्। कार्यक्रममा नेपालका लागि भारतीय पूर्वराजदूत, भाजपाका नेताहरू, विदेश मन्त्रालयका कर्मचारी र अन्तर्राष्ट्रिय मामिला विज्ञलाई बोलाइएको छ। 

आज साँझ भारतीय विदेशमन्त्री जयशंकरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई रात्रिभोज दिने कार्यक्रम छ। त्यहाँ भारतीय सरकारका मन्त्रीहरू पनि सहभागी हुनेछन्। 

यसपछि भोलि आइतबार प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने उच्च सम्भावना रहेको बताइएको छ। तर, समय भने तय हुन सकेको छैन।

मोदीसँगको भेटपछि प्रचण्ड भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गर्ने कार्यक्रम छ। त्यहाँ भाजपाका अध्यक्ष जेपी नड्डाले प्रचण्डसँग भेटवार्ता गर्नेछन्। 

भारतको भ्रमण सकेर प्रचण्ड आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

प्रकाशित: Jul 16, 2022| 07:35 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...