शनिबार, मंसिर ६, २०८२

जिम्बाब्वे र नेदरल्यान्ड टी–२० विश्व कपमा छनोट

आईसीसी विश्व कप ग्लोबल छनोट ‘बी’ बाट घरेलु टोली जिम्बाब्वे र नेदरल्यान्डले फाइनलमा पुग्दै टी-२० विश्व कपमा स्थान बनाएका हुन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

 काठमाडौं- जिम्बाब्वे र नेदरल्यान्ड अस्ट्रेलियामा हुने टी-२० विश्व कपमा छनोट भएका छन्।

National life

आईसीसी विश्व कप ग्लोबल छनोट ‘बी’ बाट घरेलु टोली जिम्बाब्वे र नेदरल्यान्डले फाइनलमा पुग्दै टी-२० विश्व कपमा स्थान बनाएका हुन्। 

नेदरल्यान्डले सेमिफाइनलमा अमेरिकालाई ७ विकेटले पराजित गर्‍यो। त्यस्तै जिम्बाब्वे पपुवा न्युगिनीलाई २७ रनले हराउँदै फाइनलमा पुग्यो।

पहिलो सेमिफाइनलमा घरेलु टोली जिम्बाब्वेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो। जितका लागि २ सय रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन मात्रै बनाउन सक्यो।

दोस्रो सेमिफाइनलमा १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्डले १९ ओभरमा ३ विकेट गुमाउँदै भेटायो। त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिका १९ ओभर ४ बलमा १ सय ३८ रनमा अलआउट भएको थियो।

Laxmi sunrise bank
kumari

नेदरल्यान्ड समूह ‘बी’ र जिम्बाब्वे ‘ए’ बाट अपराजित रहँदै सेमिफाइनल खेलेका थिए। जिम्बाब्वे र नेदरल्यान्ड छनोट भएपछि अस्ट्रेलियामा हुने विश्व कप क्रिकेटमा १६ टोलीको टुङ्गो लागेको छ। अस्ट्रेलियाको विभिन्न ७ सहरमा हुने विश्व कप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ।

प्रकाशित: Jul 16, 2022| 06:42 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।