सोमबार, साउन २५, २०८३

राष्ट्रपतिले एकैदिन गरिन् यी १३ विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेकी छन्।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेकी छन्। 

विधेयकको नाम र प्रमाणीकरण मिति यस प्रकारको छ।

१. लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक- २०७९-३-३१,

२. आर्थिक वर्ष २०७९-०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक- २०७९-३-३१,

३. ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक- २०७९-३-३१,

४. राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक- २०७९-३-३१,

५. नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक- २०७९-३-३१,

६. तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-  २०७९-३-३१,

७. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक  - २०७९-३-३१, 

८. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक - २०७९-३-३१,

९. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक - २०७९-३-३१,

१०. सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक - २०७९-३-३१,

११.  औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक- २०७९-३-३१, 

१२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक -२०७९-३-३१ र

१३. रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक - २०७९-३-३१ रहेको छ।

प्रकाशित: Jul 15, 2022| 21:20 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...