काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ७ राजदूतहरूलाई शपथ दिलाएकी छन्। राजदूतहरूले शुक्रबार राष्ट्रपतिको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथ लिने राजदूतहरुमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) छन्।
शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो।