आइतबार, असार ७, २०८३

ओलीले ल्याएको एसपीपी खारेज गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द!

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका अध्यक्षद्वय नेपाल र प्रचण्डले नै एसपीपीपछि प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित भएको बताएका हुन्। यद्यपि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्दको कारण एसपीपी भनिए पनि नेपाललाई अन्य सुरक्षा रणनीतिसँग सम्बन्धित दुई सम्झौताका लागि प्रस्ताव गरेका कारण प्रधानमन्त्री देउवा नै अमेरिका भ्रमणका लागि अनिच्छुक रहेको स्रोतको दाबी छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- नेपालको संसद्‌ले फागनु १५ गते अमेरिकी अनुदान सहायतासम्बन्धी सम्झौता एमसीसी पारित गरेपछि अमेरिकी कूटनीतिज्ञहरुको काठमाडौं दौड बाक्लियो। एमसीसीपछि नेपालमा अमेरिकी कूटनीतिज्ञहरुको भ्रमण बाक्लिएको विषयमा उठेका प्रश्‍नहरुको एकमुष्ठ जवाफमा सरकारले भन्‍यो-  नेपाल-अमेरिकाबीच ७५ औं वर्षगाँठको अवसरमा द्विपक्षीय भ्रमण भएको र चाँडै उच्चस्तरीय भ्रमण हुनेछ।

National life

अमेरिकाबाट पछिल्लो पटक भएको इण्डो-प्यासिफिक सैन्य कमाण्डर चार्ल्स फ्लिनको नेपाल भ्रमणअघि प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको चर्चा सुरु भयो। अमेरिकी सैन्य कमाण्डरको भ्रमणलाई पनि प्रधानसेनापति प्रभुराम शर्मा र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणसँग जोडेर ब्याख्या गरियो। 

तर, अमेरिकी सेनाका इण्डो-प्यासिफिक कमाण्ड चार्ल्स फ्लिन फर्किएको २४ घण्टा नबित्दै नेपालमा एसपीपीको चर्चा सुरु भयो। र, देउवाको अमेरिका भ्रमण एसपीपी सम्झौतामा हस्ताक्षर गर्नका लागि हुन लागेको भन्‍दै केही सञ्‍चारमाध्यममा समाचार प्रकाशन भए र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को विरोध गर्‍यो।

एमालेले विरोध गरे पनि यसका दस्तावेज सार्वजनिक भएपछि एसपीपी सम्झौताका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासबाट पत्र पठाएको र सन् २०१९ मा ओली नै प्रधानमन्त्री रहँदा अमेरिकाले एसपीपीका लागि नेपालको नाम अनुमोदन गरेको खुलासा भयो। 

असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विवरणसहित अमेरिकालाई पत्र लेख्‍ने निर्णय गरेको हो। उक्त निर्णयको चीनले पनि प्रशंसा गरेको थियो। एसपीपी खारेजपछि देउवाको अमेरिका भ्रमण रद्द भएको बताइएको छ। तर, परराष्ट्र मन्त्रालयले भने असार १९ गते पत्रकार सम्मेलन गर्दै असार अन्तिम साता प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण हुने र त्यसको तयारी गरिरहेको बताएको थियो। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, 'प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमण अपेक्षित छ। हामी तयारीमा छौं। भ्रमणको मिति तयारी, स्वीकृति र सार्वजनिक गर्ने एउटा प्रक्रिया हुन्छ। तय भइसकेपछि हामी सार्वजनिक गर्नेछौं।' 

Shivam cement

प्रकाशित: Jul 15, 2022| 20:34 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...