सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दिल्ली पुगेर दाहालले भने -भाजपासँग 'पार्टी टु पार्टी' सम्बन्ध विस्तार गर्न आएको हुँ

दिल्ली पुगेर दाहालले भने -भाजपासँग 'पार्टी टु पार्टी' सम्बन्ध विस्तार गर्न आएको हुँ

उनले दिल्ली ओर्लिएलगत्तै सञ्‍चारकर्मीसँग कुरा गर्दै भारतको सत्तारुढ भाजपासँग 'पार्टी टु पार्टी' सम्बन्ध विस्तारका र सरकार तहमा देशको हितमा कूटनीतिक कुराकानी गर्न भारत भ्रमणमा आएको बताएका हुन्।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

नयाँ दिल्ली- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँगको सम्बन्ध विस्तारका लाग आफू भारत भ्रमणमा आएको बताएका छन्। उनले दिल्ली ओर्लिएलगत्तै सञ्‍चारकर्मीसँग कुरा गर्दै भारतको सत्तारुढ भाजपासँग 'पार्टी टु पार्टी' सम्बन्ध विस्तारका र सरकार तहमा देशको हितमा कूटनीतिक कुराकानी गर्न भारत भ्रमणमा आएको बताएका हुन्।

भाजपा र माओवादी केन्द्र दुवै सत्तारुढ पार्टी भएकाले पार्टी तहका नेताहरुबीच छलफलले पार्टीसँगै देशको सम्बन्ध सुदृढ बनाउने उनले बताएका छन्। उनले भने, 'यता भाजपा र उता हामी दुवै सत्तारूढ पार्टी हौं, पार्टी तहमा नेताहरूबीचको छलफलले पार्टीसँगै देशकै सम्बन्धलाई थप सुदृढ़ बनाउँछ। दिल्लीमा रहँदा भाजपाका नेताहरू र सरकारी अधिकारीहरूसँग मेरो भेटघाट हुनेछ।'

माओवादी केन्द्रका अध्यक्ष दाहालले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा उनी तीन दिने दिल्ली भ्रणमा रहेका छन्।

दाहाललाई शुक्रबार साँझ विदेश सचिव विनयमोहन क्वात्रा र शनिबार विदेश मन्त्री एस. जयशंकरले दाहाल बसिरहेको ताजमानसिंह होटलमा भेट्ने कार्यक्रम छ। 

विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने प्रमुख अनुराग श्रीवास्तवले दाहाललाई स्वागत गरेका थिए।

प्रकाशित: Jul 15, 2022| 18:58 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...