आइतबार, असार ७, २०८३

कांग्रेस संसदीय दलमा उपनेता, प्रमुख सचेतक र सचेतक रिक्त

संसदीय दलको सचेतकको जिम्मेवारीमा रहेकी पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा शुक्रबार निर्वाचित भएसँगै कांग्रेसमा संसदीय दलको उपनेता, प्रमुख सचेत र सचेतक रिक्त भएको हो।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलमा प्रमुख तीन पद रिक्त हुन पुगेको छ। संसदीय दलको सचेतकको जिम्मेवारीमा रहेकी पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा शुक्रबार निर्वाचित भएसँगै कांग्रेसमा संसदीय दलको उपनेता, प्रमुख सचेत र सचेतक रिक्त भएको हो। 

National life

विगत १२ महिनादेखि कांग्रेसको संसदीय दल प्रमुख सचेतकविहीन छ। २०७८ असार २९ गते तत्कालीन प्रमुख सचेतक बालकृष्ण खाण गृहमन्त्री बनेसँगै कांग्रेस संसदीय दल प्रमुख सचेतकविहीन बनेको थियो। खाणले कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन गृहमन्त्रीको शपथ लिएका थिए। 

त्यसयता कांग्रेस प्रमुख सचेतक बिना नै संसदमा भाग लिँदै आएको थियो। संसद्‌का महत्वपूर्ण विषयमा प्रमुख सचेतकले अन्य दलसँग संवाद गर्ने, कार्यव्यवस्था परामर्श समितिमा भाग लिने र दलको धारणा राख्‍ने काम गर्छन्। त्यसकारण संसदीय अभ्यासमा प्रमुख सचेतकको भूमिकालाई महत्वपूर्ण मानिन्छ। देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास गर्ने पार्टी दाबी गर्ने कांग्रेस भने प्रमुख सचेतक नियुक्त गर्न उदासिन देखिएको छ। 

नेपाली कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दलको नेतासँग आवश्यकता बमोजिम दलको उपनेता, प्रमुख सचेतक, सचेतक र सदस्य सचिव नियुक्त गर्न पाउनेछ। तर, देउवाले आफू प्रधानमन्त्री बनेपछि प्रमुख सचेतक खाणलाई गृहमन्त्री बनाए।

प्रमुख सचेतक नियुक्त गर्ने एजेन्डा उनको प्राथमिकतामा परेको देखिएको थिएन। प्रमुख सचेतकको रिक्त हुँदा सचेतक भुसालले जिम्मेवारी निभाउँदै आएकी थिइन्। अब सचेतक पनि रिक्त रहेको अवस्थामा देउवाले प्रमुख सचेक र सचेतक नियुक्त गर्ने एक सांसद बताउँछन्। ‘आज पुष्पाजी उपभामुख निर्वाचित हुनुभयो। प्रमुख सचेतक र सचेतक रिक्त भएपछि सभापतिजीले अब चाँडै नियुक्ती गर्नुहुनेछ,’ ती सांसदले भने। 

Shivam cement

कसरी हुन्छ प्रमुख सचेतकको चयन?

राजनीतिक दल सम्बन्धी ऐन–२०७३ ले संसदीय दलका पदाधिकारीको परिकल्पना गरेको छ। ऐनको दफा २६ को १ र २ ले यो व्यवस्था गरिएको छ। दफा २६ को (१)मा भनिएको छ, ‘संसदीय दलमा त्यस्तो दलका नेताका अतिरिक्त आवश्यकता अनुसार उपनेता, सचेतक वा सदस्य सचिव रहनेछन्।’ त्यसैगरी उपदफा (२) मा भनिएको छ, ‘सम्बन्धित दलको विधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक संसदीय नेताले संसदीय दलका सदस्य मध्येबाट उपनेता वा सदस्य सचिव मनोनयन गर्नेछ।’ 

कांग्रेस संसदीय दलको विधानको धारा १४ मा प्रमुख सचेतक र सचेतक नियुक्तिको व्यवस्था छ। धरा १४ (१)मा भनिएको छ, ‘नेताले प्रतिनिधि सभा संसदीय दलको कुनै एक सदस्यलाई मुख्य सचेतकमा मनोनयन गर्नेछ।’ 

सोही धाराको (२) मा प्रमुख सचेतकको सिफारिसमा नेताले प्रतिनिधिसभा र राष्ट्रियसभामा सचेतक मनोनयन गर्ने व्यवस्था छ। 

२९ महिनादेखि उपनेता रिक्त
कांग्रेस संसदीय दलमा प्रमुख सचेतक मात्रै होइन, २८ महिनादेखि उपनेता पद पनि रिक्त अवस्थामा छ। संसदीय दलका उपनेता रहेका विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएसँगै उपनेता रिक्त भएको भएको हो।

संसदीय दलका नेता देउवाले गच्छदारलाई २०७४ फागुन २१ गते उपनेतामा चयन गरेका थिए। संसदीय दलको निर्वाचनमा देउवाको प्रस्तावक रहेका गच्छदारलाई उपनेतामा नियुक्त गरेका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गच्छदारले फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएका थिए। 

तर, गच्छदार २०७६ माघ २२ गते संसद्‌बाट निलम्बित भएका थिए। प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्‍गामा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद निलम्बनमा परेको थियो। गच्छदार निलम्बनमा परेसँगै रिक्त रहेको उपनेतामा देउवाले अहिलेसम्म कसैलाई पनि नियुक्त गरेका छैनन्।

प्रकाशित: Jul 15, 2022| 18:34 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...