सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेले बहिष्कार गरेपछि तिलोत्तमा नगरपरिषद, गणपूरक संख्या नपुगेपछि स्थगित

एमालेले बहिष्कार गरेपछि तिलोत्तमा नगरपरिषद, गणपूरक संख्या नपुगेपछि स्थगित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरपरिषद स्थगित भएको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरपरिषद स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको १२औं अधिवेशनको तेस्रो बैठकमा गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरिएको हो। 

कांग्रेसका रामकृष्ण खाँड निर्वाचित  भएको नगरको नगरसभामा एमालेको बहुमत छ। एमालेका जनप्रतिनिधिले विभिन्न माग राखेर सर्त तेर्स्याएपछि नगरसभा स्थगित गरेको बताइएको छ। तर,  नगर प्रमुख खाँणले गणपुरक संख्या नपुगेकोले बैठक स्थगित भएको नगर सभालाई जानकारी गराएका थिए।

९१ जना नगरसभा सदस्य मध्ये ४३ जनाको मात्रै उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेको जनाइएको छ। एमालेले न्यायिक समितिमा आफ्नो दलको मात्रै प्रतिनिधि राख्नुपर्ने माग गरेको र नेपाली कांग्रेसले एक जना सदस्य राख्न प्रस्ताव गरे पनि सहमति नभएकोले बैठक हुन नसकेको हो।


प्रकाशित: Jul 15, 2022| 18:26 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...