आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • १४८ मत ल्याएर पुष्पा बनिन् उपसभामुख, विद्याको प्रस्तावमा भएन मतदान

१४८ मत ल्याएर पुष्पा बनिन् उपसभामुख, विद्याको प्रस्तावमा भएन मतदान

'पुष्पा भुसाललाई प्रतिनिधि सभा उपसभामुखमा चयन गरियोस्' भनी माओवादीका देव गुरुङले गरेको प्रस्तावमा पुष्पाले १४८ मत प्राप्त गरी विजयी भइन्।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा उनी निर्वाचित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका हुन्। 

National life

कांग्रेसकी पुष्पालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा र जनमोर्चाको समर्थन थियो। 

'पुष्पा भुसाललाई प्रतिनिधि सभा उपसभामुखमा चयन गरियोस्' भनी माओवादीका देव गुरुङले गरेको प्रस्तावमा पुष्पाले १४८ मत प्राप्त गरी विजयी भइन्। उक्त मत तत्काल कायम भएका प्रतिनिधि सभा सांसद संख्याको बहुमत भएकाले पुष्पा उपसभामुखमा चयन भएको सभामुख अग्नि प्रसाद सापकोटाले घोषणा गरेका हुन्। उनको विपक्षमा एमाले र राप्रपाले मतदान गरेका थियो। पुष्पाको विपक्षमा ९३ मत परेको थियो। १ जनाले मतदान नै गरेनन्। मतदानमा जम्मा २४२ जना सहभागी भएका थिए। 

उपसभामुखकी अर्की उम्मेदवार एमालेकी विद्या भट्टराईलाई उपसभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्ष वा विपक्षमा भने मतदान नै भएन। प्रतिनिधि सभा नियमावलीमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारका हकमा पहिले मतदान हुने र दोस्रो नम्बरमा उम्मेदवारी दर्ता भएको हकमा दोस्रो पटक मतदान हुने व्यवस्थाअनुसार पहिले पुष्पाको प्रस्तावमा मतदान भएको थियो। पहिलो पटकको मतदानमा नै पुष्पा निर्वाचित भएपछि 'विद्या भट्टराईलाई निर्वाचित गरियोस्' भन्ने प्रस्तावको पक्ष/विपक्षमा मतदान नै नभएको हो। 

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात् हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ। पुष्पाले १४८ मत प्राप्त गरेपछि पहिलो पटकको मतदानमा उनी निर्वाचित भएकी हुन्। 

Shivam cement

को हुन् पुष्पा?
भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी हुन्। तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी डा. शिवमाया तुम्बाहाङ्फेसँग पराजित उनले ५८ मत प्राप्त गरेकी थिइन्। शिवमायाले २०१ मत प्राप्त गरी निर्वािचित भएकी थिइन्।

२०७६ साल माघ ६ गते उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि खाली भएको पदमा पुष्पा शुक्रबार निर्वाचित भएकी हुन्। तुम्बाहाङ्फेले राजीनामा दिएको करिब साढे दुई वर्षपछि त्यसबेलाकी प्रतिस्पर्धी पुष्पा सोही पदमा चयन भएकी हुन्।

भुसालले त्रिभुवन विश्वविद्यालयमा अध्यापन समेत गरिकी छन्। वरिष्ठ अधिवक्तासमेत रहेकी भुसालले समाजशास्त्रमा दर्शनाचार्य गरेकी छन्।

पञ्चायत व्यवस्थाविरुद्धका आन्दोलनमा सहभागी हुँदै उनी कांग्रेस राजनीतिमा लागेकी हुन्। २०२८ देखि राजनीति थालेकी उनले सामाजिक आन्दोलनमा सक्रिय छिन्। 

२०५६ को संसदीय निर्वाचनमा अर्घाखाँची–२ बाट पराजित उनी पहिलो संविधानसभामा अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन्। दोस्रो संविधानसभामा पराजित उनी पछिल्लो पटक समानुपातिक सांसद बनेकी हुन्।

भुसालका बुबा काशीनाथ गौतम नेपालको पहिलो जननिर्वाचित सरकारमा स्वास्थ्यमन्त्री थिए। बीपी कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य राज्यमन्त्री बनेका काशीनाथ २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेपछि निर्वासनमा भारत गएका थिए। त्यसबेला पुष्पा पनि भारतमै गएकी थिइन्। भुसाल परिवार १४ वर्षसम्म भारतमा निर्वासित भएको थियो। 

प्रकाशित: Jul 15, 2022| 16:55 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...