काठमाडौं- उपसभामुख चयनका लागि संसदमा पुष्पा भुसालको प्रस्तावमाथि मतदान सकिएको छ। उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी पहिलो नम्बरमा थिए। यो प्रस्तावमा मतदान सम्पन्न भएको हो।
सोही पदका लागि नेकपा एमालकी विद्या भट्टराई पनि उम्मेदवार छन्। तर उनको उम्मेदवारी दोस्रो नम्बरमा परेकाले पुष्पा निर्वाचित नभएको खण्डमा मात्र उनको प्रस्तावमाथि मतदान हुनेछ।
भुसाललाई चयन गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानको नतिजा केही समयपछि प्राप्त हुनेछ।
भुसाल सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन् भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार हुन्। सत्ता गठबन्धन र लोसपाको पनि समर्थन रहेकाले पुष्पा चयन हुने सम्भावना बढी छ।
२०७६ साल माघ ६ गते उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि खाली पदमा शुक्रबार निर्वाचन भएको हो।