आइतबार, असार ७, २०८३

लोसपाको पनि समर्थन पुष्पालाई

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि नेपाली कांग्रेसकी पुष्पा भट्टराईलाई समर्थन गर्ने भएको छ। संसदमा बोल्दै लोसपाकी चन्दा चौधरीले यस्तो जानकारी दिएकी हुन्।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि नेपाली कांग्रेसकी पुष्पा भट्टराईलाई समर्थन गर्ने भएको छ। संसदमा बोल्दै लोसपाकी चन्दा चौधरीले यस्तो जानकारी दिएकी हुन्। 

National life

लोसपाको पनि समर्थन पाएपछि पुष्पा उपसभामुखमा विजयी हुने सम्भावना बढेको छ। लोसपाका १३ सांसद छन्। पुष्पालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको पनि समर्थन छन्। 

कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २३ र जसपाका २० सांसद छन्। यसका साथै जनमोर्चाका १ सांसद छन्। सत्तामा रहेका उनीहरूले पुष्पालाई समर्थन गर्नेछन्। २७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन्।

यस्तै एमालेका ९८ जना सांसद छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि सत्तापक्षलाई समर्थन गर्न नसकिने बताएकाले उनले एमालेका उम्मेदवारलाई समर्थन गर्न सक्नेछ। 

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात् हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ।

Shivam cement

अढाई वर्ष खाली रहेको उपसभामुखको आवश्यकता महसुस गर्दै शुक्रबार निर्वाचनको कार्यतालिका तय गरेको हो। 

प्रकाशित: Jul 15, 2022| 15:51 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...