सोमबार, साउन २५, २०८३

लम्बियो सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद

शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको म्याद तीन महिना थपेर असोज मसान्तसम्म बनाउने निर्णय गरेको हो।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको म्याद तीन महिना थपेर असोज मसान्तसम्म बनाउने निर्णय गरेको हो। दुवै आयोगको म्याद शनिबारसम्म मात्र थियो।

मन्त्रिपरिषद् बैठक बस्नुअघि शुक्रबारै सत्ता गठबन्धनको बैठक बसेको थियो। सोही बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीको  म्याद थपका लागि ऐन संशोधन गर्ने सहमति जुटाएको थियो।

दुई वर्षका लागि २०७१ माघमा गठित दुवै आयोगको अघिल्लो कार्यकाल चार वर्षसम्म चलेको थियो। त्यसको दुई महिनापछि दुवै आयोगमा हालका पदाधिकारी नियुक्त भएका थिए। आयुक्त र आयोग दुवैको निरन्तरताका लागि ऐन संशोधन गर्न सरकारले शुक्रबार नै प्रतिनिधिसभामा विधेयक प्रस्तुत गर्नेछ।

प्रकाशित: Jul 15, 2022| 15:04 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...