आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेको दाबी : प्रधानमन्त्री देउवाको एक वर्षे कार्यकाल समयको बर्बादी

एमालेको दाबी : प्रधानमन्त्री देउवाको एक वर्षे कार्यकाल समयको बर्बादी

जनजीविका र राष्ट्रियताको सवाल, सुशासन र भ्रष्टाचार नियन्त्रणमा देउवा सरकारको एक वर्षे कार्यकाल असफल भएको एमाले ठहर रहेको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको एक वर्षे कार्यकाल समयको बर्बादी मात्रै रहेको बताएको छ।

National life

प्रधानमन्त्री देउवाले यसअघि असार २९ मा एक वर्षे कार्यकालको ४३ बुँदे सफलताका पुलिन्दा सार्वजनिक गरेका थिए। 

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारको एक वर्षे कार्यकालबारे आफ्नो धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, संसद्मा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गठबन्धन सरकारले एक वर्ष समयको बर्बादीमा मात्र गरेको छ।’

संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्र सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणमा देउवा सरकार असफल भएको एमालेको ठहर छ।

‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षाजस्तो मौलिक हक कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा सरकारले छेउ टुप्पो नै फेला पार्न सकेको छैन,’ पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले भने।

Shivam cement

प्रकाशित: Jul 15, 2022| 14:06 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...