आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अटिजम स्कुलमा रमाइरहेका बालबालिका

अटिजम विद्यालय नै सुरु भएपछि अभिभावकलाई थप सहयोग मिलेको न्यौपानेको अनुभव छ। ‘अभिभावकको मन बुझाउने, दुःखेसो पोख्ने ठाउँ बनेको छ। बच्चामा पनि धेरै परिवर्तन आएको छ,’ उनले भनिन्।
 |  शुक्रबार, असार ३१, २०७९
nespernesper

निशा श्रेष्ठ

निशा श्रेष्ठ

शुक्रबार, असार ३१, २०७९

चितवन- बालबालिकाहरू आफ्नै धुन मस्त हुन्छन्। बुझ्ने, सिक्ने र खेल्ने उनीहरूको आफ्नै शैली छ। कोही घोरिएर चीजबिज नियाल्छन्। कोही आफ्नै सुरमा खेल्छन्। सम्रगमा उनीहरू रमाइरहेका छन्, केही सिकिरहेका छन्, बुझिरहेका छन्। 

triton college

यो दृश्य हो, भरतपुर– १० स्थित बालमन्दिर विशेष अटिजम विद्यालयको। अटिजम भएका बालबालिकालाई लक्षित गरी ०७८ भदौमा खोलिएको विद्यालयमा १३ जना बालबालिका अध्ययनरत छन्। 

अटिजम विशेष प्रकारको मानसिक अपाङ्गता हो। बालबालिका शारीरिक रूपमा स्वस्थ देखिए पनि मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात अवस्था अटिजम हो। अटिजम भएका बालबालिकामा डराउनु पर्ने कुरामा नडराउने, कुनै पनि वस्तु खेलाइरहने, बिनाकारण रुने/कराउने, घाउ तथा दुखाईलाई वास्ता नगर्ने, सामान्य शिक्षण विधिबाट नसिक्नेजस्ता क्रियाकलाप देखिन्छन्। 

भरतपुरमा खोलिएको अटिजमको विशेष विद्यालयमा त्यस्ता विद्यार्थीले सिकाइको दायरा बढाइरहेका छन्। अटिजम विशेष विद्यालयकी शिक्षिका प्रमिला न्यौपाने पहिले भाडा तिरेर निजी तवरबाट विद्यार्थीलाई पढाउने गरेको भएपनि अहिले स्थानीय तहको सक्रियतामा विद्यालय स्थापना भएपछि धेरै सहज भएको बताउँछिन्। साविकको बालमन्दिर आधरभूत विद्यालय नारायणी माविमा संयोजन भएपछि नेपाल बालसंगठन चितवनको स्वामित्वमा रहेको भवन र जग्गामा महानगरले गत भदौमा अटिजम विशेष विद्यालयको स्थपना गरेको हो। 

अटिजम विद्यालय नै सुरु भएपछि अभिभावकलाई थप सहयोग मिलेको न्यौपानेको अनुभव छ। ‘अभिभावकको मन बुझाउने, दुःखेसो पोख्ने ठाउँ बनेको छ। बच्चामा पनि धेरै परिवर्तन आएको छ,’ उनले भनिन्। 

Metro Mart
vianet
‘हामीले हाम्रो बच्चालाई घरमा मात्रै राख्नुहुन्न भनेर घरभाडामा लिई बच्चाहरुलाई पढाउथ्यौँ। निजी तवरबाट चलाउँदा निकै गाह्रो थियो,' विद्यालय सञ्चालनमा आएपछि फराकिलो ठाउँमा खेल्न बच्चालाई सहज भएको उनको भनाइ छ। 

विद्यालयमा विद्यार्थी भर्नाअगावै ‘प्यारेन्ट चाइल्ड ट्रेनिङ’ दिने गरिएको विद्यालयकी सहायक प्रशिक्षक निर्मला डल्लाकोटीले जानकारी दिइन्। उनका अनुसार बालबालिकासहित अभिभावकलाई राखेर तीन महिनाको तालिमपछि बालबालिकालाई विद्यालय भर्ना गरिन्छ। तालिमले अभिभावकलाई बालबालिकालाई उनीहरूकै अवस्थामा स्वीकार गरी अगाडि बढ्न थप हौसला दिन सहयोग गर्छ। बालबालिकाको व्यवहारमा सुधार ल्याउन थप सघाउ पुग्ने उनको भनाइ छ। 

शिक्षिका बिनु ढुंगाना बालबालिकालाई उनीहरुको बुझाइअनुसार चित्र र शब्दमार्फत सिकाउने गरिएको बताउँछिन्। ‘उनीहरुको बुझाइअनुसार श्रव्यदृश्य सामग्री प्रयोग गरेर सिकाउँछौँ। प्रारम्भिक कक्षामा हामीले उनीहरुलाई स–साना व्यवहार सिकाइरहेका छौँ,’ उनले भनिन्। उनकी छोरीमा पनि अटिजमको लक्षण छ। 

प्रकाशित: Jul 15, 2022| 14:04 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्