शुक्रबार, साउन १, २०८३

टाउनमाथि सिटीको रोमाञ्चक जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि रोमाञ्चक जित निकालेको छ । सिटीको घरेलु मैदान इतिहादमा आइतबार राति भएको खेलमा सिटीले टाउनलाई ६-१ को रोमञ्चक जित निकालेको हो । 

सिटीका लागि सर्जियो अग्युरोले तीन तथा गाब्रिएल जेसस र डेभिड सिल्भाले समान एक एक गोल गरे । शुरुवाती समय देखिनै दबाबमा राखेको सिटीका लागि खेलको २५ औं मिनेटमा अग्युरोको गोल गर्दै अग्रता दिलएको थियो । 

३१ औं मिनेटमा जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर पार्दा, त्यसको चार मिनेट नबित्दै अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए । तर, ४३ औं मिनेटमा टाउनका जोन गोरेन्क स्टान्कोभिकले एक गोल फर्काए । 

पहिलो हाफ ३-१ को अग्रता लिएको सिटीले खेलको ४८ औं मिनेटमा सिल्भाको गोल मार्फत ४-१ को अग्रता बनायो । अग्युरोले ७५ औं मिनेटमा पुनः व्याक्तिगत तेस्रो गोल गर्दै सिटीलाई ५-१ को अग्रता दिलाए । तर, ८४ औं मिनेटमा टाउनले आत्मघाती गोल गर्दै सिटीले ६-१ को सहज जित निकालेको हो । यसअघि सिटीले आर्सनलमाथि २-० ले जितेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।