सोमबार, साउन २५, २०८३

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको हो।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकबाट विभिन्न ११ वटा निर्णय गरिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको हो।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि बसेको उक्त बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिना थप गर्नेलगायत विभिन्न निर्णयहरू छ।

आजको मन्त्रिपरिषद् बैठकका ११ निर्णय

१. सुशासन विधेयक पारित गर्ने, सुशासन आयोग गठन गर्ने।

२. पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने।

३. विश्वव्यापी व्यापारका लागि सहायता पुनरवलोकन कार्यक्रममा नेपाल सहभागी हुने।

४. नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने।

५. पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने।

६. नेपाली इँटा व्यवसायीको दुईपक्षीय परामर्श संयन्त्र स्थापित गर्ने।

७. नेपाल–चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने।

८. नेपाल र मोरक्कोको दुईपक्षीय सम्बन्धका विषयमा परामर्श गर्ने।

९. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने।

१०. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने।

११. सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिनाका लागि थप्ने।

प्रकाशित: Jul 15, 2022| 13:25 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...